Sunday, May 3, 2026
spot_img
spot_img

शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

spot_img
spot_img

नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनमा धनकुटाको शहिदभूमी गाउँपालिकामा  बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।स्थानीय तहमा बीमाको बारेमा पहुँच, दाबी प्रक्रिया, अनुदानका व्यवस्था तथा वर्तमान चुनौतीहरू लगायतको बिषयमा  छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

अन्तरक्रिया तथा छलफल कार्यक्रम मा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका सहायक निर्देशक सचिन राईले बीमाको विभिन्न विषयमा आफनो प्रस्तुतीकरण दिएका थिए । अन्तरक्रियामा सहभागीहरूले सरकारी भवनको बीमाको आधार र दर, अभिकर्तामार्फत हुने सम्भावित ठगी, पशु बीमामा औषधि वितरणका प्रदेशगत फरक व्यवस्था तथा तेस्रो पक्ष मोटर बीमाको दाबी भुक्तानी चरणबद्ध गर्न सकिने–नसकिने जस्ता प्रश्नहरू उठाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि शहिदभूमी गाउँपालिका अध्यक्ष मनोज राईले कृषक तथा सर्वसाधारणसम्म बीमा सम्बन्धी जानकारी पुग्नुपर्ने आवश्यकता औंल्याउँदै बाली, पशु र भवनसमेत सबै संरचनाको बीमा सम्भव रहने जानकारी व्यापक रूपमा फैलाउनुपर्ने बताए । बीमा सुरक्षणको माध्यम भएकाले यसप्रकारका कार्यक्रम उपयोगी रहेको उनले बताए ।

गाउँपालिका उपाध्यक्ष रत्नश्वरीं राईले बीमासम्बन्धी सचेतनामूलक कार्यक्रमले समुदायमा ठूलो प्रभाव पर्ने उल्लेख गर्दै मानिस मात्र नभई पशु, बाली र भौतिक संरचनाको बीमा गर्न सुझाव दिईन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर भण्डारीले बीमा प्रक्रिया तथा पहुँचबारे छोटो समयमा व्यापक जानकारी पाएको बताउँदै यसलाई स्थानीय तहमा पुनः प्रसारण गर्ने प्रतिबद्धता जनाए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img