Thursday, July 16, 2026
spot_img

ट्रष्ट माइक्रोइन्स्योरेन्सको साधारणसभा सम्पन्न, आईपीओ निष्काशन प्रस्ताव पारित

spot_img

ट्रष्ट माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीले असार २२ गते शनिवार बुटवल स्थित आफ्नै केन्द्रीय कार्यालयमा साधारणसभा सम्पन्न गरेको छ ।

साधारणसभाले कम्पनीको सञ्चालक सदस्यहरुमा जगत पोखरेल, दिपक बोहरा, रचित कुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपानेलाई चयन गरेको छ। कम्पनीको अध्यक्षमा पुनः जगत बहादुर पोखरेल चयन भएका छन् ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह वितरणलगायत सोही अवधिको वित्तीय विवरणहरुसहित अनुसूचीहरुउपर छलफल गरी पारित गरेको छ। सभाले सर्वसाधारणका लागि आईपीओ ल्याउने विशेष प्रस्ताव पारित गरेको छ ।

कम्पनीले लुम्बिनी प्रदेशका ग्रामीण भेगका सर्वसाधारणलाई बीमाको पँहूचमा ल्याउने उद्धेश्यले घुम्ती बीमा सेवा शुरु गर्ने भएको छ । चैत ८ गतेबाट औपाचारिक रुपमा बुटवलबाट सेवा शुरु गरेको कम्पनीले देशभरका झण्डै १ दर्जन शाखा तथा उपशाखामार्फत निर्जिवन बीमा सेवा प्रदान गरिरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका ७ निर्णय

आज असार ३२ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न...

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...
spot_img