Wednesday, July 9, 2025

ट्रष्ट माइक्रोइन्स्योरेन्सको साधारणसभा सम्पन्न, आईपीओ निष्काशन प्रस्ताव पारित

spot_img
spot_img

ट्रष्ट माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीले असार २२ गते शनिवार बुटवल स्थित आफ्नै केन्द्रीय कार्यालयमा साधारणसभा सम्पन्न गरेको छ ।

साधारणसभाले कम्पनीको सञ्चालक सदस्यहरुमा जगत पोखरेल, दिपक बोहरा, रचित कुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपानेलाई चयन गरेको छ। कम्पनीको अध्यक्षमा पुनः जगत बहादुर पोखरेल चयन भएका छन् ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह वितरणलगायत सोही अवधिको वित्तीय विवरणहरुसहित अनुसूचीहरुउपर छलफल गरी पारित गरेको छ। सभाले सर्वसाधारणका लागि आईपीओ ल्याउने विशेष प्रस्ताव पारित गरेको छ ।

कम्पनीले लुम्बिनी प्रदेशका ग्रामीण भेगका सर्वसाधारणलाई बीमाको पँहूचमा ल्याउने उद्धेश्यले घुम्ती बीमा सेवा शुरु गर्ने भएको छ । चैत ८ गतेबाट औपाचारिक रुपमा बुटवलबाट सेवा शुरु गरेको कम्पनीले देशभरका झण्डै १ दर्जन शाखा तथा उपशाखामार्फत निर्जिवन बीमा सेवा प्रदान गरिरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img