Tuesday, August 18, 2026
spot_img

मौद्रिक नीतिले शेयर बजारलाई सकारात्मक प्रभाव पार्छ: ताराप्रसाद फुल्लेल

spot_img

सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेल नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिले शेयरबजारमा सकारात्मक प्रभाव पार्ने बताएका छन्। शेयर लगानीकर्ताका धेरै मागहरू सम्बोधन नभएता पनि आगामी समीक्षाहरू खुकुलो पार्दै आउनेमा आशावादी रहेको उनी बताउछन्।

मौद्रिक नीति लचिलो रहेको र मौद्रिक नीतिमा गरिएका व्यवस्थाले समग्र अर्थतन्त्रलाई चलायमान गराउने फुल्लेल बताउछन्।  अर्थतन्त्र चलायमान हुँदा शेयर बजारलाई समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उनको भनाई छ ।

उनी भन्छन् ‘ केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा २० करोड रुपैयाँको सीमा हटाएको छ । नीतिगत दर घटाएको छ । हालको नीतिगत दर ५.५ प्रतिशतलाई ५ मा झारेको छ । त्यस्तै ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंक दर ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको छ । उपलब्ध हुने शर्तहरुलाई लचिलो बनाइने समेत घोषणा गरिएको छ । लघुवित्तलाई मजरमा जान प्रोत्साहन गरिएको छ । यी सबै व्यवस्थाले शेयर बजारलाई सकारात्मक प्रभाव पार्छ।’

यद्यपि शेयर धितोकर्जाको व्यक्तिगत सीमा हटाउनु पर्ने, शेयर धितोकर्जाको जोखिम भार घटाउनु पर्ने लगायतका माग अझै सम्बोधन नभए पनि आगामी समीक्षा मार्फत यी व्यवस्थामा पुनरावलोकन हुने अपेक्षा उनले गरेका छन् ।

यो पनि : अन्तिम पटकमा गभर्नरले ल्याए लचिलो मौद्रिक नीति: बैंक, लघुवित्तदेखि शेयर लगानीकर्तालाई राहत

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img