Wednesday, June 18, 2025
spot_img

मौद्रिक नीतिले शेयर बजारलाई सकारात्मक प्रभाव पार्छ: ताराप्रसाद फुल्लेल

spot_img
spot_img

सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेल नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिले शेयरबजारमा सकारात्मक प्रभाव पार्ने बताएका छन्। शेयर लगानीकर्ताका धेरै मागहरू सम्बोधन नभएता पनि आगामी समीक्षाहरू खुकुलो पार्दै आउनेमा आशावादी रहेको उनी बताउछन्।

मौद्रिक नीति लचिलो रहेको र मौद्रिक नीतिमा गरिएका व्यवस्थाले समग्र अर्थतन्त्रलाई चलायमान गराउने फुल्लेल बताउछन्।  अर्थतन्त्र चलायमान हुँदा शेयर बजारलाई समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उनको भनाई छ ।

उनी भन्छन् ‘ केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा २० करोड रुपैयाँको सीमा हटाएको छ । नीतिगत दर घटाएको छ । हालको नीतिगत दर ५.५ प्रतिशतलाई ५ मा झारेको छ । त्यस्तै ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंक दर ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको छ । उपलब्ध हुने शर्तहरुलाई लचिलो बनाइने समेत घोषणा गरिएको छ । लघुवित्तलाई मजरमा जान प्रोत्साहन गरिएको छ । यी सबै व्यवस्थाले शेयर बजारलाई सकारात्मक प्रभाव पार्छ।’

यद्यपि शेयर धितोकर्जाको व्यक्तिगत सीमा हटाउनु पर्ने, शेयर धितोकर्जाको जोखिम भार घटाउनु पर्ने लगायतका माग अझै सम्बोधन नभए पनि आगामी समीक्षा मार्फत यी व्यवस्थामा पुनरावलोकन हुने अपेक्षा उनले गरेका छन् ।

यो पनि : अन्तिम पटकमा गभर्नरले ल्याए लचिलो मौद्रिक नीति: बैंक, लघुवित्तदेखि शेयर लगानीकर्तालाई राहत

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यस्तो छ आज बुधबारको लागि तय गरिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय...

कर्मचारीलाई ऊर्जामन्त्रीले भने ‘काम चित्तबुझ्दो भएन, खर्च गर्न नसक्ने भए किन बजेट माग्ने?’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका...
spot_img