Saturday, August 8, 2026
spot_img

मौद्रिक नीति सकारात्मक छ, पुँजीबजारलाई दह्रो बनाएर लैजान्छ : छोटेलाल रौनियार

spot_img

अग्रज शेयर लगानीकर्ता छोटेलाल रौनियारले नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सकारात्मक रहेको बताएका छन् । मौद्रिक नीति सकारात्मक रहेकोले यसले पुँजीबजारलाई दह्रो बनाएर लैजाने उनको भनाई छ।

बिजनेश पानासँग कुरा गर्दै रौनियारले शेयर धितो  कर्जाको संस्थापक तर्फको २० करोडको सीमा हटेकोले अब संस्थागत मार्फत होलसेलमा पुँजीबजारमा पैसा आउने बताए । व्यक्तिगततर्फको सीमा पनि २० करोड पुर्याउने अपेक्षा गरे पनि त्यो नबढेको उनको भनाइ छ । यद्यपि व्यक्तिगततर्फ कम कर्जा प्रवाह हुने भएकोले संस्थापकको हकमा सीमा खुला गरिएकोले बजारको लागि सकारात्मक हुने रौनियारको भनाई छ।

कर्जाको ब्याजदरमा प्रतिस्पर्धा कायम गर्न विद्यमान आधारदरसम्बन्धी व्यवस्था सम्बन्धमा अध्ययन गरिन व्यवस्था पनि सकारात्मक रहेको उनको भनाई छ। असारको ब्याज साउनसम्म प्राप्त भएमा बैंकहरुले असार कै आम्दानीमा गणना गर्न पाउने व्यवस्थाले बैंकहरुको नाफा बढ्ने र लाभांश दर बढ्ने भएकोले यो पनि सकारात्मक नै रहेको रौनियार बताउछन् ।

बैंकहरुले असल कर्जामा गर्नु पर्ने प्रोभिजन दर घटेकोले बैंकहरुसँग लगानीयोग्य रकम बढ्ने र यो समग्र अर्थतन्त्रको लागि राम्रो हुने उनको भनाई छ। मौद्रिक नीति लचिलो रहेको र अन्य क्षेत्र चलायमान हुँदा क्रमश शेयरबजारमा नै पैसा आउने भएकोले मौद्रिक नीति सकारात्मक रहेको रौनियार बताउछन् ।

शेयर धितो कर्जाको जोखिमभार नघटे पनि मौद्रिक नीतिको अन्य व्यवस्था राम्रो रहेको र यसले पुँजीबजारलाई राम्रो हुने भएकोले लगानीकर्ताहरु आत्तिनु नपर्ने उनको सुझाव छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...

कामना सेवा विकास बैंक बन्यो लाभाशं घोषणा गर्ने पहिलो बैंक

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट...

नेपाल भित्रियो दुबईको जमजम पर्फ्युम्स

दुबईको जमजम पर्फ्युम्स आधिकारिक रुपमा नेपाल भित्रिएको छ। जमजम...

आयाम इन्टरकन्टिनेन्टले नेपाल भित्र्यायो डोङफेङका ठूला ईभी, नाईमा एक्स्पोमा लन्च हुने

हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल्स उत्पादक DONGFENG...
spot_img