Friday, November 14, 2025
spot_img

मौद्रिक नीति सकारात्मक छ, पुँजीबजारलाई दह्रो बनाएर लैजान्छ : छोटेलाल रौनियार

spot_img

अग्रज शेयर लगानीकर्ता छोटेलाल रौनियारले नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सकारात्मक रहेको बताएका छन् । मौद्रिक नीति सकारात्मक रहेकोले यसले पुँजीबजारलाई दह्रो बनाएर लैजाने उनको भनाई छ।

बिजनेश पानासँग कुरा गर्दै रौनियारले शेयर धितो  कर्जाको संस्थापक तर्फको २० करोडको सीमा हटेकोले अब संस्थागत मार्फत होलसेलमा पुँजीबजारमा पैसा आउने बताए । व्यक्तिगततर्फको सीमा पनि २० करोड पुर्याउने अपेक्षा गरे पनि त्यो नबढेको उनको भनाइ छ । यद्यपि व्यक्तिगततर्फ कम कर्जा प्रवाह हुने भएकोले संस्थापकको हकमा सीमा खुला गरिएकोले बजारको लागि सकारात्मक हुने रौनियारको भनाई छ।

कर्जाको ब्याजदरमा प्रतिस्पर्धा कायम गर्न विद्यमान आधारदरसम्बन्धी व्यवस्था सम्बन्धमा अध्ययन गरिन व्यवस्था पनि सकारात्मक रहेको उनको भनाई छ। असारको ब्याज साउनसम्म प्राप्त भएमा बैंकहरुले असार कै आम्दानीमा गणना गर्न पाउने व्यवस्थाले बैंकहरुको नाफा बढ्ने र लाभांश दर बढ्ने भएकोले यो पनि सकारात्मक नै रहेको रौनियार बताउछन् ।

बैंकहरुले असल कर्जामा गर्नु पर्ने प्रोभिजन दर घटेकोले बैंकहरुसँग लगानीयोग्य रकम बढ्ने र यो समग्र अर्थतन्त्रको लागि राम्रो हुने उनको भनाई छ। मौद्रिक नीति लचिलो रहेको र अन्य क्षेत्र चलायमान हुँदा क्रमश शेयरबजारमा नै पैसा आउने भएकोले मौद्रिक नीति सकारात्मक रहेको रौनियार बताउछन् ।

शेयर धितो कर्जाको जोखिमभार नघटे पनि मौद्रिक नीतिको अन्य व्यवस्था राम्रो रहेको र यसले पुँजीबजारलाई राम्रो हुने भएकोले लगानीकर्ताहरु आत्तिनु नपर्ने उनको सुझाव छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img