Saturday, May 2, 2026
spot_img
spot_img

आईएफसी प्रतिनिधिसँग महासंघबीच भेटवार्ता

spot_img
spot_img

अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाल उद्योग वाणिज्य महासंघबीच नेपालको आर्थिक विकास, रोजगारी तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ । आइएफसीका दक्षिण एसिया क्षेत्रका म्यानेजर ग्रेगोरी स्मिथ तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालबीच बुधबार महासंघ सचिवालयमा भेटवार्ता भएको थियो ।

सो अवसरमा बोल्दै आइएफसीका दक्षिण एसिया क्षेत्रका म्यानेजर ग्रेगोरी स्मिथले नेपालको आर्थिक विकासमा नेपाल उद्योग वाणिज्य महासंघसँग सहकार्य गर्न आइएफसी तयार रहेको बताएका छन् । उनले नेपालको निजी क्षेत्रलाई सबल बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय वित्त निगमले ज्ञान साझेदारी, साना तथा मझौला उद्यमहरूको क्षमता विकास र युवाहरूका लागि अर्थपूर्ण रोजगारीका मार्ग सुनिश्चित गर्न सहकर्य गर्न सकिने बताएका हुन् ।

महासंघका उपाध्यक्ष ढकालले महासंघले विगतमा पनि आईएफसीसँगको सहकार्यमा विभिन्न काम गरेको जानकारी गराउँदै नेपालको निजी क्षेत्रको सुदृढीकरणका लागि आइएफसीको सहयोग प्रति आभार व्यक्त गरेका छन् । “सन् २०२२ मा महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले संयुक्त रूपमा तयार पारेको “नेपालको निजी क्षेत्रको अवस्था” सम्बन्धी प्रतिवेदनलाई विशेष महत्वको रूपमा लिएका छौं, उक्त अध्ययनले नेपालको निजी क्षेत्रका शक्ति, चुनौती र सम्भावनाहरूलाई उजागर गर्दै नीति निर्माण र लगानीका लागि मार्गनिर्देशक भूमिका खेलेको छ” उपाध्यक्ष ढकालले भने ।

महासंघको लगानी तथा अन्तरराष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले निजी क्षेत्रले पर्यटन, सूचना प्रविधि, कृषि, शिक्षा तथा स्वास्थ्य लगायतका क्षेत्रहरूमा उल्लेखनीय योगदान गरेको बताउँदै आइएफसीसंगको सहकार्यले निजी क्षेत्रको क्षमता अभिबृद्धिमा सहयोग पुग्ने बताए । उनले ज्ञान आदानप्रदान, वित्तीय पहुँचको सहजता, हरित अर्थतन्त्रको प्रवद्र्धन, डिजिटल रूपान्तरण र साना तथा मझौला उद्योगको क्षमता विकास जस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय वित्त निगमको प्राविधिक तथा संस्थागत सहकार्यको अपेक्षा राखिएको बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...

यो वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, खाद्य उत्पादन घट्ने र महँगी बढ्ने जोखिम

यो वर्ष दक्षिण-पश्चिम मनसुन कमजोर रहने उच्च सम्भावना रहेको...
spot_img