Wednesday, July 29, 2026
spot_img

८ अर्ब लगानी अनुमानसहित निर्माण सुरु भएको शेष घलेको होटलको लागत १५ अर्ब

spot_img

विश्वप्रसिद्ध चेन होटल ब्राण्ड मेरियटको लक्जरी ब्राण्ड ‘लक्जरी कलेक्शन बाई मेरियट’लाई नेपाल भित्र्याउँदै गरेका चर्चित व्यवसायी शेष घलेले होटलको लागत बढेको बताएका छन् । मेरियटका अध्यक्ष डेबटि मेरियटलाई निर्माणाधिन होटलको अवलोकन गराउने क्रममा घलेले अबको ३ देखि ४ महिनामा होटलको निर्माण सम्पन्न हुने र त्यतिबेलासम्म लागत १५ अर्ब पुग्ने/नाघ्ने देखिएको बताएका हुन् ।

उनका अनुसार अबको ६ महिनामा बाई मेरियट होटल सञ्चालनमा आउनेछ । यो होटल दक्षिण एशियामै मेरियटको पहिलो लक्जरी कलेक्शन ब्राण्ड हुनेछ । यसका लागि केही महिना अगाडि मात्रै घलेले मेरियटसँग सम्झौता गरेका थिए ।

यो होटलको निर्माण २०७१ सालबाट सुरु भएको हो । तर, भूकम्प, नाकाबन्दी, कोभिड लगायतका कारण निर्माण धकेलिँदै आएको छ । त्यतिबेला सन् २०१७ को अन्त्यसम्ममा होटलको निर्माण कार्य सम्पन्न गरी सन् २०१८ फेब्रुअरी महिनाबाट सञ्चालनमा ल्याउने लक्ष्या लिइएको थियो । सुरुमा सेराटन ब्राण्ड ल्याउने गरी ८ अर्ब रुपैयाँ लगानी अनुमानसहित निर्माण सुरु गरिएपनि निर्माण अवधि लम्बिँदा लागत पनि अनुमानको तुलनामा दोब्बरले बढ्ने देखिएको छ ।

निर्माणाधिन होटलको अवलोकन गर्दै मेरियटका अध्यक्ष डेबिट मेरियटले नेपालमा दक्षिण एशियाकै पहिलो लक्जरी कलेक्शन ब्राण्ड सुरु हुन लागेको भन्दै यसले नेपालको टुरिजमलाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउने विश्वास लिएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

उद्योगीलाई अर्थमन्त्रीले सोधे, ‘नयाँ लगानी कहाँ अड्कियो ?’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरुलाई ‘नयाँ लगानी आउन...

प्रयोग हुन थाल्यो अर्थमन्त्रीको अफर, करमा १ प्रतिशत थप रकम तिर्ने गरि मुद्दा फिर्ता लिने बढ्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट...

एनआईसी एशिया बैंकले सेबोनसँग माग्यो हकप्रद निष्काशन अनुमति

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै...

हार्वर्ड ग्राजुएट विवेक राज कँडेल ऊर्जामन्त्री श्रेष्ठको सल्लाहकार नियुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार...

विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमलाई

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...
spot_img