Thursday, July 23, 2026
spot_img

‘जिओ फ्लाईट’ संचालनमा: मोबाईलबाटै सहज र सस्तोमा हवाई टिकट पाईने

spot_img

उपभोक्ताहरुलाई सरल र सस्तो मूल्यमा हवाई टिकट सहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्य अनुरुप ‘जिओ फ्लाईट’ संचालनमा आएको छ । जोय ग्रूपले उपभोक्तालाई सहज रुपमा हवाई टिकट सहितको भ्रमण प्याकेज उपलब्ध गराउने उद्देश्य अनुरुप उक्त अनलाईन प्लेटफर्म संचालनमा ल्याएको हो ।

जोय ग्रूपले संचालनमा ल्याएको जिओ फ्लाईटलाई हाल एन्ड्रोइट र आईओएसगरी दुबै भर्सनमा मोबाइलमा डाउनलोड गर्न सकिनेछ । यसैगरी वेवसाईटमार्फत www.jioflight.com मा गएर उक्त कम्पनीको सम्पूर्ण सेवा सुविधा लिन सकिने छ ।

अहिलेको प्रबिधिको युगमा उपभोक्ताहरुलाई एउटै प्लेटर्फमबाट हवाई टिकटदेखि विभिन्न खालमा भ्रमण प्याकेजहरु उपलब्ध गराउने उद्देश्य अनुरुप जिओ फ्लाईट संचालनमा ल्याइएको जिओ फ्लाईटका प्रबन्ध निर्देशक रमेश पौडेलले जानकारी दिए । ‘अहिले धेरैजसो प्लेटफर्मबाट हवाई टिकट मात्रै लिन सकिने छ भने सो विषयमा थप जानकारी लिन सम्बन्धित कम्पनीका सम्पर्क व्यक्तिलाई सोधिरहनु पर्ने अवस्था छ,’ पौडेलले भने, ‘तर हामीले संचालनमा ल्याएको उक्त प्लेटफर्मबाट सबै विषय एपबाटै बुझ्न सकिने छ जसले अप्रेटर र उपभोक्ताबीचको ग्याप हटाउनेछ ।’

साथै जिओ फ्लाईटबाट हवाई टिकट खरिदगर्दा अन्य प्लेटर्फमबाटभन्दा सस्तो हुने समेत उनले जनकारी दिए । आन्तरिक तथा बाह्य दुबै खालका हवाई टिकट खरिद गर्न सकिने उक्त प्लेटफर्ममार्फत धार्मिक एवं व्यवसायीक भ्रमणको प्याकेट समेत उपलब्ध गराईनेछ । अनलाईनमार्फत जुनसुकै स्थानबाट समेत हवाई टिकट खरिदका साथै भ्रमण प्याकेज लिन सकिने उक्त प्लेटर्फममार्फत नयाँ व्यवसाय सुरुवात तथा सो सम्बन्धी व्यवस्थापनको समेत जानकारी लिन सकिनेछ ।

जिओ फ्लाईटको सुरुवातसँगै नेपालको पर्यटन क्षेत्रलाई थप नयाँ उचाईमा पुर्याउन मद्दत गर्ने छ । आधुनिक प्रविधि सहित संचालनमा आएको उक्त प्लेटफममार्फत नेपालको पर्यटन क्षेत्रमा हाल देखिएको ग्यापकलाई समेत हटाउने कम्पनीको विश्वास रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

२०३५ मा सर्न सक्छ २०३४ मा हुने भनिएको फिफा विश्वकप

फिफा विश्वकप २०३४ को आयोजना साउदी अरेबियाले गर्ने तय...

हदबन्दीभन्दा बढि जग्गाको देशव्यापी अनुगमन सुरु

भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा खरिद...

SOPPAN Calls for Bold Policy Action to Accelerate Green Energy Transition

At the launch of Huawei’s latest utility scale solar...

महासंघका ८ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत गठित आठ वटा विषयगत समितिले...

यस्ता छन् आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज साउन ६ गते मन्त्रिपरिषद्को बैठक बसेको छ ।...

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर हट्यो

सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण...
spot_img