युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावितहरुको राहत, उद्दवार र पुनर्स्थापनाका लागि ५ करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो ।
कम्पनीले राहतस्वरूप थप करिब २६ टन अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्रीसमेत सहयोग गरेको छ । स्वास्थ्य र सरसफाइ सामग्रीको मूल्य करिब १ करोड रुपैयाँ रहेको छ ।
युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले विपद्को समयमा प्रभावित समुदायको साथमा उभिनु महत्वपूर्ण रहेको बताए ।









