Tuesday, September 8, 2026
spot_img

पौवाको ‘स्वाद उत्सव’: ५ दिनसम्म नेपाली खानाको निशुल्क स्वादपान गर्न पाइने

spot_img

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका सञ्चालित नेपाली हस्पिटालिटी ब्राण्ड होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर ‘स्वाद–उत्सव’ कार्यक्रम आयोजना गर्न लागेको छ । चैत्र २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वादउत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको स्वाद लिन पाइने छ ।

यस उत्सवमार्फत पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ । पौवाका ब्राण्डिङ प्रमुख विष्णु भण्डारीका अनुसार उत्सवका लागि २ लाख स्थानीय तथा बाह्य पाउनाहरूलाई प्रत्यक्ष भेट गरी निमन्त्रणा पत्र दिइएको छ । उनीहरु सबैलाई पौवामा आएर खानाको स्वाद लिन आग्रह गरिएको छ ।

‘मिसन १००’ को लक्ष्य पच्छ्याउँदै देशभर विस्तार भैरहेको होटल पौवाले नवौँ वार्षिक उत्सवको यस कार्यक्रम सबै शाखामार्फत एकसाथ सुरु हुनेछ ।

स्थापनकालदेखि नै नेपाली स्वाद, नेपालीपनको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रमहरू गर्दै आएको होटल पौवाले उच्च आतिथ्यता प्रदान गर्दै मौलिक स्वादको अनुभव पाहुनाहरूसमक्ष पु¥याउने उदेश्यका साथ ‘स्वाद उत्सव’ कार्यक्रम गर्न लागेको हो ।

अन्तर्राष्ट्रिय जगतमा समेत ख्याती कमाएको नेपाली सत्कारलाई ब्राण्डिङ गर्दै यसलाई थप समृद्ध बनाउने उद्देश्यका साथ पौवाले आफ्नो अभियानलाई अघि बढाइरहेको होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचानलाई पौवाले लक्ष्य बनाएको छ । सबै धर्म, संस्कृति मान्ने नेपालीका विभिन्न चाडपर्वलाई पौवाले विशेष बनाउँदै आएको छ’ उनले भने ।

यो उत्सवको अर्को महत्वपूर्ण लक्ष्य भनेको स्थानीय किसानको खाद्य एवं तरकारीजन्य उत्पादनलाई प्रोत्साहन समेत रहेको ब्राण्डिङ प्रमुख विष्णु भण्डारीले बताए ।

नेपाली नयाँ बर्ष साझ कार्यक्रम

पौवाले यस वर्षबाट नेपालीहरुको नयाँ वर्षको स्वागत गर्ने विशेष कार्यक्रम पनि आयोजना गर्न लागृको छ । धनगढीमा रहेको होटल पौवाबाट नयाँ वर्षको पूर्वसंध्यामा विविध सांगितीक कार्यक्रम गर्ने तयारी गरिएको छ ।

चैत्र ३१ गते साँझ आयोजना हुने कार्यक्रममा थारु संस्कृतिमा आधारित सांगितिक कार्यक्रमबाट कार्यक्रमको थालनी हुनेछ । चैत्र ३१ गतेको साँझलाई राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुले मनोरञ्जन प्रदान गर्नेछन् ।

कार्यक्रमस्थलमा प्रवेशलाई निःशुल्क गरिएको छ । कार्यक्रम स्थलमा ५० रुपैयाँदेखी पौवाका परिकारहरु लिन सकिने समेत व्यवस्था गरिएको पौवा धनगढी शाखाका ब्यबस्थापक प्रमुख महेश सिङ्ले जानकारी दिएका छन् ।

९ वर्षअघि विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट होटल पौवाको यात्रा सुरु भएको थियो । हालसम्म पौवाका १८ वटा शाखा सञ्चालनमा छन् । यी शाखामार्फत ७ सय भन्दा बढीले रोजगारी पाएका छन् ।

spot_img

1 COMMENT

  1. तपाईका २ लाख स्वाद पारखी भित्र पनि पर्न नसकिएकोमा आफैमा खेद ब्यक्त गर्दछु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढीबाट निजी क्षेत्रमा भएको क्षतिबारे विश्व बैंकको चासो

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व...

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड संकलन

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको...

बाढी प्रभावितका लागि युनिलिभर नेपालद्वारा ५ करोड सहयोग

युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावितहरुको राहत, उद्दवार र पुनर्स्थापनाका...

‘क्यू०५ को आरामदायी यात्राको कारण हो नौ तहमा तयार गरिएको सिट’

कुनै गाडीले पाँच मिनेटको सोरुम अवलोकनमा राम्रो प्रभाव पार्न...

‘नेपाल टी कलेक्टिभ’को चिया अब भाटभटेनीमा

नेपाली चियालाई ब्राण्डिङ र विश्व बजारमा बजारीकरण गरिरहेको ‘नेपाल...