Sunday, April 19, 2026
spot_img
spot_img

चितवनको ५ तारे होटेल रोयल ट्युलिपले आईपीओ निष्काशन गर्ने

spot_img
spot_img

चितवनमा रोयल ट्युलिप चितवन नेपाल नामको ५ तारे होटेल संचालन गरिरहेको कम्पनी केटीएम हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित माघ २९ गते साधारणसभा आह्वान गरेको हो ।

सो साधारणसभाको विशेष प्रस्तावमा कम्पनीको जारी पुंजी तथा कम्पनीको पुंजी संरचना परिवर्तन गर्न कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, थप संशोधन गर्नु परे संचालक समितिलाई अख्तियारी दिने , आईपीओ निष्काशन गर्ने, र आईपीओ निष्काशन समबन्धि सबै कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छन् ।

यस कम्पनीले चितवनमा संचालन गरिरहेको ५ तारे होटेलको व्यवस्थापन भने युरोपको लुभ होटल्स समूहले सम्हालेको छ। ३ बिघा क्षेत्रफलमा निर्माण भएको होटेलमा ६५ वटा लक्जरी कोठा र चारवटा प्राइभेट स्विमिङ पुलसहितको सुइट रुम रहेको छ।  सो रिसोर्टमा २१ वटा भवन संरचना बनेको छ। तीमध्ये १४ वटा भवन एक तल्लाका, दुई तल्लाको चारवटा र तीनवटा भवन तीन तल्लाको रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

एभरेष्ट कलरले बैशाख १६ देखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले बैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने...

याम्बालिङ्ग हाइड्रोपावरले आयोजना प्रभावितलाई निष्काशन गरेको सेयर बाँडफाँड

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ...

बिपी राजमार्ग अवरुद्द

बिपी राजमार्गअन्तर्गत काभ्रेको कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड अवरुद्ध भएको...

कामना सेवा विकास बैंकको नाफा र प्रतिशेयर आम्दानीमा वृद्धि

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

निफ्राको नाफा घट्यो, प्रतिसेयर आम्दानीमा पनि गिरावट

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...
spot_img