चितवनमा रोयल ट्युलिप चितवन नेपाल नामको ५ तारे होटेल संचालन गरिरहेको कम्पनी केटीएम हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित माघ २९ गते साधारणसभा आह्वान गरेको हो ।
सो साधारणसभाको विशेष प्रस्तावमा कम्पनीको जारी पुंजी तथा कम्पनीको पुंजी संरचना परिवर्तन गर्न कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, थप संशोधन गर्नु परे संचालक समितिलाई अख्तियारी दिने , आईपीओ निष्काशन गर्ने, र आईपीओ निष्काशन समबन्धि सबै कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छन् ।
यस कम्पनीले चितवनमा संचालन गरिरहेको ५ तारे होटेलको व्यवस्थापन भने युरोपको लुभ होटल्स समूहले सम्हालेको छ। ३ बिघा क्षेत्रफलमा निर्माण भएको होटेलमा ६५ वटा लक्जरी कोठा र चारवटा प्राइभेट स्विमिङ पुलसहितको सुइट रुम रहेको छ। सो रिसोर्टमा २१ वटा भवन संरचना बनेको छ। तीमध्ये १४ वटा भवन एक तल्लाका, दुई तल्लाको चारवटा र तीनवटा भवन तीन तल्लाको रहेको छ।