spot_img

स्टार्टअप उद्यमको नेट प्रफिट मार्जिन १३.९ प्रतिशत, ८० प्रतिशत उद्यम नाफामा

spot_img

कोशी प्रदेशमा रहेका स्टार्टअप उद्यमहरुको औसत नाफा (Net profit margin) १३.९ प्रतिशत रहेको पाईएको छ। नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा रहेका स्टार्टअप उद्यमहरुबारे विशेष अध्ययन गरेको थियो। सो अध्ययनले कोशी प्रदेशमा रहेका स्टार्टअप उद्यमहरुको औसत नाफा (Net profit margin) १३.९ प्रतिशत रहेको देखाएको हो ।

राष्ट्र बैंकले यस अध्ययनमा १६० वटा स्टार्टअप उद्यमहरुलाई समावेश गरेको थियो। राष्ट्र बैंकका अनुसार अध्ययनमा समावेश भएका १६० स्टार्टअप उद्यमहरूको कुल बिक्री आम्दानी रु.९२ करोड ६४ लाख रहेको छ भने कुल नाफा रु. १२ करोड ९२ लाख रहेको छ । स्टार्टअप उद्यमको औसत नाफा (Net profit margn) १३.९ प्रतिशत रहेको देखिन्छ ।

आ.व.२०८०÷८१ मा अध्ययनमा समावेश स्टार्टअप उद्यमहरूमा कुल लगानी रु.२ अर्ब २४ करोड ९० लाख रहेको छ भने औसत लगानीमा प्रतिफल दर (ROE) ५.७ प्रतिशत रहेको छ । अध्ययनमा समावेश भएका १६० वटा स्टार्टअप उद्यम मध्ये आर्थिक वर्ष २०८०÷८१ मा ८०.० प्रतिशत (१२८ वटा) उद्यमहरू नाफामा रहेका छन्भने २०.० प्रतिशत (३२ वटा) उद्यमहरूले नोक्सान बेहोरेका छन् ।

अध्ययनमा समावेश भएका १६० स्टार्टअप उद्यम मध्ये मोरङ जिल्लाका ३७, झापा जिल्लाका ३१, सुनसरी जिल्लाका २८, इलाम जिल्लाका १३, उदयपुर जिल्लाका ११, संखुवासभा जिल्लाका १०, धनकुटा जिल्लाका ९ र सोलुखुम्बु, खोटाङ र भोजपुर जिल्लाका समान ७÷७ वटा उद्यम रहेका थिए। भौगोलिक रुपमा हिमाली क्षेत्रबाट १७ वटा (१०.६ प्रतिशत), पहाडी क्षेत्रबाट ३६ वटा (२२.५ प्रतिशत) र तराईका क्षेत्रबाट १०७ वटा (६६.९ प्रतिशत) उद्यम रहेका थिए।

यस अध्ययनमा समावेश भएका १६० उद्यमहरूमा कुषि तथा वनजन्य, उत्पादनमूलक, सेवामूलक, पर्यटन र सूचना प्रविधि गरी ५ वटा व्यावसायिक क्षेत्र समावेश भएका छन्। क्षेत्रगत रुपमा कृषि तथा वनजन्य ६६ वटा, उत्पादनमूलक २९ वटा, सेवामूलक २८ वटा, पर्यटन २२ वटा र सूचना प्रविधि क्षेत्रका १५ वटा उद्यमहरू रहेका छन्। क्षेत्रगत रुपमा कृषि तथा वनजन्य क्षेत्रको हिस्सा सबैभन्दा बढी ४१.३ प्रतिशत र सूचना प्रविधि क्षेत्रको सबैभन्दा कम ९.४ प्रतिशत रहेको छ ।

अध्ययनमा समावेश भएका १६० स्टार्टअप उद्यम मध्ये ९४ (५८.८ प्रतिशत) वटा उद्यमले व्यवसाय सञ्चालनका लागि परामर्श सेवा प्राप्त गरेको देखिन्छ भने ६६ (४२.२ प्रतिशत) वटा उद्यमले व्यवसाय सञ्चालनका क्रममा कुनै किसिमको परामर्श सेवा प्राप्त गरेको देखिदैन । त्यसैगरी ६५ वटा (४०.६ प्रतिशत) उद्यमले सरकारी अनुदान तथा सुविधा प्राप्त गरेका छन्भने ९५ वटा (५९.४ प्रतिशत) उद्यमले कुनै पनि सरकारी अनुदान तथा सुविधा प्राप्त गरेका छैनन्।

अध्ययनमा समावेश भएका १६० स्टार्टअप उद्यम मध्ये ७२ वटा (४५ प्रतिशत) उद्यमको प्रमुख बजार स्थानीय, ७५ वटा (४६.९ प्रतिशत) उद्यमको प्रमुख बजार राष्ट्रिय र १३ वटा (८.१ प्रतिशत) उद्यमको प्रमुख बजार अन्तर्राष्ट्रिय रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...