Monday, June 22, 2026
spot_img

३ प्रतिशत ब्याजमा पाइने स्टार्टअप कर्जाको लागि दरखास्त आह्वान

spot_img
spot_img

सरकारले स्टार्टअप उद्यम कर्जाको लागि परियोजना प्रस्ताव गर्न आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आज कार्तिक १९ गते सार्वजनिक सूचना जारी गर्दै २१ दिन भित्र अर्थात् मङ्सिर ९ गते दिउँसो ४ बजेसम्म प्रस्ताव पेश गर्न भनेको हो ।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संसोधन सहित) बमोजिम स्टार्टअप उद्यमको दफा ४ अनुसार योग्यता पुरा गरेका अनुसूची – १ बमोजिमको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीले सूचना प्रकाशित भएको मितिले  एक्काइस दिनभित्र अनुसूची- ४ बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेश गर्न सूचनामा भनिएको छ । प्रतिष्ठानका अनुसार परियोजना प्रस्ताव अनलाइन मार्फत https://sams.iedi.gov.np बाट पनि भर्न सकिनेछ । परियोजना प्रस्तावको ढाँचा तथा विस्तृत जानकारी प्रतिष्ठानको वेबसाइट https://iedi.gov.np मा उपलब्ध छ।

यस पटक स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ मा संशोधन भएको छ। जसमा कर्जाको अधिकतम सीमा घटाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यविधि संशोधन गर्दै कर्जाको अधिकतम सीमा घटाएको हो ।

संशोधित कार्यविधिअनुसार अब चालु आर्थिक वर्षमा स्टार्टअप कर्जाबापत एक स्टार्टअप उद्यमीले अधिकतम् २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । यसअघि सरकारले तीन प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा दिँदै आएको थियो ।

अब चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यविधिअनुसार अधिकतम् सीमा २५ लाखबाट २० लाख कायम भएपछि ब्याजदर भने ३ प्रतिशत नै रहनेछ ।

सरकारले बजेट नै घटाएकाले सीमा पनि घटाउनु परेको उद्योग मन्त्रालयले जनाएको छ । गतवर्ष स्टार्टअप कर्जाका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएकोमा चालु आर्थिक वर्षका लागि ७३ करोड मात्रै छुट्याइएको छ ।

गत आर्थिक वर्ष २०८१÷८२ मा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६०० उद्यमीलाई ८८ करोड ६६ लाख २५ हजार रुपैयाँ कर्जा प्रदान गरेको छ ।

spot_img
spot_img

6 COMMENTS

  1. मेरो सानो डेरी छ यता डेरीमा धेरै नै सम्भावनाको क्षेत्र छ दूध संकलन धेरै हुन्छ। तर यहाँ एउटा डेरीमा लगानी नभएको कारण यहाँको किसानले चिसोको मौसम आफ्नो दूत बेच्न धेरै नै गाह्रो हुने अनि दूधको उचित मूल्य पनि नपाउने यस समस्यालाई समाधान गर्नको लागि म धेरै प्रयास गरिरहेको छु। तर सम्भव भाको छैन यस समस्यालाई समाधान गर्नको लागि केही लगानी गरेर चिस्यान केन्द्र निर्माण गरी यहाँको दूधलाई विभिन्न प्रोडक्टको रुपमा प्रयोग गरेर बजारमा पठाउन सकिने यहाँको किसान र सम्पूर्ण जनतालाई सहयोग हुन्थ्यो। यसमा लगानी अलि धेरै चाहिएको हुँदा यो कर्जा मलाई अति आवश्यक छ

  2. मेरो बहुउद्देश्यीय कृषि फर्म छ यसको लागि कहाँ गएर अबेदान दिनु पर्छ

  3. मलाई निकै मन पर्यो सरकारको ल्यायेको स्टार्टफ कर्जा मलाई भैसी का पाडा पाड़ी पाल्ने मन छ । मलाई था भयेको र जानेको काम पनी हो । तर यो कर्जा कसरी लीने हो था छैन सुरूमा २०/२५ पाडा, पाडी हालेर अनी प्रत्येक महीना ४/५ वटा थपदै , अनी बेचदै जाने लच्छे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सातै प्रदेशमा कार्यक्रम गरेर नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस

नेपाल एसबिआई बैंक लि. ले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा...

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट...

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
spot_img