Friday, August 14, 2026
spot_img

महासंघको चुनाव आजः १३७ जना उम्मेदवार मैदानमा

spot_img

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत आज निर्वाचन हुँदैछ । बैशाख २१ गते सोमबार उद्घाटन भएको साधारणसभा अन्तर्गत आज निर्वाचन सुरु भएको हो ।

हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन् । संशोधित विधानअनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदमा मतदान हुने छैन । निर्वाचित कार्यसमितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ । आज ४ जना उपाध्यक्षसहित कार्यसमिति सदस्य समेत गरेर ७३ पदका लागि निर्वाचन हुनेछ । ७३ पदका लागि १३७ जना उम्मेदवार मैदानमा छन् । निर्वाचन नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।

यी हुन् उम्मेदवारः

जिल्ला/नगर

जिल्ला/नगर उद्योग वाणिज्य समूहबाट महासंघले पहिलोपटक २ जना उपाध्यक्ष पाउँदैछ । यसका लागि ४ जनाको उम्मेदवारी परेको छ । धुलिखेल उद्योग वाणिज्य संघबाट दिल सुन्दर श्रेष्ठ, झापा उद्योग वाणिज्य संघका तर्फबाट उमेश डालमिया, दार्चुला उद्योग वाणिज्य संघका तर्फबाट कल्पना गैह्रे र सिद्धार्थ उद्योग वाणिज्य संघबाट कृष्ण प्रसाद शर्मा जिल्ला नगर तर्फको उपाध्यक्षका प्रत्याशी छन् ।

जिल्ला नगर खुलाबाट २२ जनाको उम्मेदवारी परेको छ । अर्जुन कुमार श्रेष्ठ, उज्वल प्रसाद कसजु, केशव भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, डासु राज पोखरेल, ताराबहादुर कार्की, दिपक नेपाल, प्रयास कार्की, मञ्जु कुमार कोजु, मोहन प्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, राजु न्यौपाने, लक्ष्मण राज पौडेल, लालीमान बुढा, विष्णु प्रसाद थपलिया, शंकर गिरी, शिवप्रसाद मानन्धर, सन्तोष खड्का, सुर्दशन कार्की र हरिप्रसाद अर्याल उम्मेदवार छन् ।

जिल्ला नगरको महिला कोटाबाट २ जना निर्वाचित हुनेमा गीता अमात्य, रोशनी मैया धौवन्जा, शुष्मा महरा (श्रेष्ठ) र हिरा भट्टराई गरी ४ जना उम्मेदवार छन् ।

जिल्ला नगर भुगोलतर्फ प्रत्येक प्रदेशबाट दुइ दुइ जना निर्वाचित हुनेछन् । मधेश प्रदेशबाट अमरनाथ शाह, विरेन्द्रप्रसाद शाह, मोहनप्रसाद शर्मा र हरिप्रसाद गौतमको उम्मेदवारी परेको छ । बागमती प्रदेशबाट कुमार खनाल, प्रकाश मानन्धर, राजकुमार न्यौपाने, रामेश्वर मानन्धर र सविन श्रेष्ठ उम्मेदवार छन् ।

गण्डकी प्रदेशबाट ओमप्रसाद पौडेल (कृष्ण), चेतनारायण श्रेष्ठ, धर्मराज बस्याल, पविन्द्र कुमार श्रेष्ठ र सुविन श्रेष्ठ छन् । लुम्बिनी प्रदेशबाट टंकबहादुर धामी, यक्षप्रसाद भट्टराई र वालकृष्ण सुवेदी रहेका छन् । कर्णाली प्रदेशबाट पदमबहादुर शाही र पुरिचन्द्र देबकोटा निर्विरोध भइसकेका छन् । सुदूरपश्चिम प्रदेशबाट दानबहादुर सुर्मेदी, पदमराज चौलागाई र पिताम्बर जोशी उम्मेदवार छन् ।

वस्तुगत तर्फ

वस्तुगत तर्फको एक जना उपाध्यक्षका लागि दुइ जनाको उम्मेदवारी परेको छ । नेपाल निर्यात परिषद्को तर्फबाट नरेशलाल श्रेष्ठ र नेपाल एलपि ग्यास उद्योग संघको तर्फबाट शिवप्रसाद घिमिरे वस्तुगत तर्फको उपाध्यक्षका उम्मेदवार छन् ।

वस्तुगत तर्फको १३ जना कार्यकारिणी सदस्यका लागि २६ जनाको उम्मेदवारी परेको छ । अरनिको राजभण्डारी, एवबहादुर थापा मगर, कृष्णभक्त श्रेष्ठ, दुर्गाप्रसाद सुवेदी, धनप्रसाद लामिछाने, धर्मराज सापकोटा, ध्रुब बहादुर गौतम, नानीराज घिमिरे, निराजनबहादुर चलाउने, पशुपतीदेव पाण्डे, बसन्तचन्द्र मरहट्टा, बिदुर धमला, भक्तबहादुर हमाल, रघुनन्दन मारु, रविन पुरी, राजकुमार कार्की, राजेन्द्र संग्रौला, राजेशभक्त श्रेष्ठ, लिलेन्द्रप्रसाद प्रधान, विप्लव अधिकारी, संघर्ष विष्ट, सागर ढकाल, सुबोध कुमार गुप्ता, सुरज बन्जाडे, हरिबहादुर कार्की र होमप्रसाद घिमिरे रहेका छन् ।

वस्तुगत तर्फको १ जना महिला कार्यकारिणी सदस्यका लागि कमला श्रेष्ठ र सुनिता न्हेम्हाफुकीबीच प्रतिस्पर्धा हुने भएको छ । वस्तुगत महासंघतर्फ दुई जना कार्यकारिणी सदस्यका लागि कृष्णप्रसाद अवाल, विश्वनाथ खनाल, सुधिर पराजुली र सुनैना घिमिरेको उम्मेदवारी परेको छ ।

एसोसिएटतर्फ

एसोसिएट उपाध्यक्ष १ जनाका लागि २ जना उम्मेदवार छन् । हालकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ ब्बा र प्रवलजंग पाण्डेबीच एसोसियट उपाध्यक्षका लागि प्रतिस्पर्धा हुँदैछ ।

एसोसियट तर्फका १७ कार्यकारिणी सदस्यका लागि ३३ जनाको उम्मेदवारी परेको छ । अविनाश बोहरा, अम्बिका प्रसाद पौडेल, अम्बिका शर्मा लामिछाने, इश्वरबहादुर जिसी, ई. देशबन्धु बस्नेत (अजित), ई. बिनोद ढकाल, उज्ज्वल कुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, गोपाल खनाल, चन्द्रप्रसाद ढकाल, जश श्रेष्ठ, डा. रामशरण थपलिया, डोलप्रसाद अधिकारी, दिवश न्यौपाने, प्रियराज रेग्मी, बटु लामिछाने, बलराम सापकोटा, बाबुकाजी कार्की, भरत रानाभाट, राजकुमार तिमिल्सिना, रामराजा श्रेष्ठ, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकमार वेगानी, शैलेन्द्र गुरागाई, सचिन ढकाल, सन्दिप अग्रवाल, सुनिल नारायण श्रेष्ठ, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशिल थापा र हेमन्त गोल्छा रहेका छन् ।

एसोसियट तर्फबाट २ जना महिला सदस्यका लागि अभिज्ञा मल्ल, जमुना पौडेल, जुना माथेमा र शोभा ज्ञवालीको उम्मेदवारी परेको छ ।

द्धिराष्ट्रिय उद्योग वाणिज्य संघको एक सदस्यका लागि मनोज पौडेल र सन्तोषचन्द कुँवरको उम्मेदवारी परेको छ । २ जना संस्थापक सदस्यका लागि गोपाल श्रेष्ठ, टिकाराज ढकाल र सुमन कुमार श्रेष्ठ मैदानमा छन् ।

प्रत्यक्ष निर्वाचन पश्चात अध्यक्ष श्रेष्ठले २ जना महिलासहित ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नेछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ब्याट्री रिसाइकलको काम गाडी आयातकर्ताले मात्र गर्न सक्दैनन्, छुट्टै कम्पनी चाहिन्छ : गोल्छा

अटोमोबाइल व्यवसायी एवं नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री...

NPL को टिकटिङ पार्टनर: दुई सिजनमा खल्ती, अब खुला टेण्डरबाट छानिने

नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको लागि...

१३० प्रतिशतले बढ्यो अपि पावरको नाफा, ईपीएस दोब्बर

अपि पावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

विद्युतमा खुला पहुँच कार्यान्वयन हुँदै, नियमन आयोगले तयार पार्यो थप दुई निर्देशिका

विद्युत प्रशारण तथा वितरण प्रणालीमा खुला पहुँच लाई कार्यान्वयन...

एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटलसँग सम्झौता

कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५८.२६ करोड, ईपीएस ११.२१ रुपैयाँ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो...
spot_img