Tuesday, August 25, 2026
spot_img
spot_img

१ अर्बमा खुल्यो हुलास स्टील युनिट २, प्रसारणलाइनको लागि चाहिने टावर र पोल नेपाल मै बन्ने

spot_img

दिवाकर गोल्छा अर्गनाईजेसन अन्तर्गतको हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले हुलास स्टील युनिट–२ उद्योगको स्थापना गरेको छ । कम्पनीले १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा पर्सा जिल्लाको बेल्वामा हुलास स्टील युनिट–२ उद्योगको स्थापना गरेको हो ।

विभिन्न प्रकारका स्टीलजन्य बस्तुहरु उत्पादन गर्दै आईरहेको हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले समय सापेक्ष रुपमा प्रविधि, क्षमता र रोजगारीलाई विस्तार गर्दै जाने क्रममा नयाँ उद्योग खोलेको जनाएको छ। यस उद्योगबाट विद्युतको प्रसारण लाइनको लागी आवश्यक पर्ने टावरहरु र Single Hot Dip Galvanizing  प्रविधिबाट नेपाल मै पहिलो पटक १३ मिटरसम्मका पोलहरु उत्पादन गरिने कम्पनीले उल्लेख गरेको छ ।

उद्योग मन्त्री दामोदर भण्डारी तथा मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले संयुक्त रुपमा उद्योग उद्घाटन गरेका हुन् ।

नेपालमा विद्युतको माग अत्यधिक बढी रहेको अवस्थामा सोलाई विस्तार गर्नका लागी प्रसारण लाइन तथा टावर आवश्यक पर्ने भएकोले नेपाल मै ति सामान उत्पादन थालिएको कम्पनीले जनाएको छ । हाल उक्त बस्तुहरु अन्य मुलुकहरुबाट आयात गर्नाले न्युन गुणस्तरीय हुनका साथै निर्माण कार्यमा अत्यधिक ढिलाई भई लागत मुल्यमा बृद्धि भईरहेको र अब ति बस्तुहरु स्वदेश मै उत्पादन हुने हुँदा  निमार्ण कार्य द्रुतगतिमा सम्पन्न भई लागत मुल्यमा कमी आउने अपेक्षा कम्पनीको छ ।

कम्पनीका अनुसार हुलास स्टील युनिट – २ उद्योगबाट Steel Lattice Towers, Substation Structure, Octagonal Pole, High Mast Pole, Mono Pole, Street Light Pole, Penstock Pipe, Bridge लगायत अन्य विभिन्न प्रकारका स्टीलजन्य बस्तुहरु उत्पादन गरिने छ। यसबाट आयात प्रतिस्थापन, रोजगारी श्रृजना, विदेशी मुद्राको बचत र राजश्व बृद्धि लगायत मेक इन नेपालको अवधारणालाई सार्थक बनाउने कम्पनीले जनाएको छ। उक्त बस्तुहरु लगभग ८ देखि १० अर्ब रुपैया बराबरको आयात भईरहेको हुनाले सो प्रतिस्थापन गर्न सकेमा लगभग ५०० देखि ७०० जनालाई थप रोजगारी प्रदान गर्न सकिने कम्पनीले उल्लेख गरेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आह्वान

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक...

सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष एवम्...

सञ्चय कोष, नागरिक लगानी कोष र सासु कोषलाई पनि राष्ट्र बैंकले नियमन गर्ने

अब नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक...

लगानी बोर्डको सीईओ याङ्की उक्यावद्वारा पदभार ग्रहण

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) याङ्की उक्यावले पदभार...

एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’,  नाडा अटो शोमा सार्वजनिक हुने

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल...

२६ सयको बिन्दुबाट पनि तल झर्यो शेयरबजार

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको...
spot_img