Thursday, July 10, 2025

१ अर्बमा खुल्यो हुलास स्टील युनिट २, प्रसारणलाइनको लागि चाहिने टावर र पोल नेपाल मै बन्ने

spot_img
spot_img

दिवाकर गोल्छा अर्गनाईजेसन अन्तर्गतको हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले हुलास स्टील युनिट–२ उद्योगको स्थापना गरेको छ । कम्पनीले १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा पर्सा जिल्लाको बेल्वामा हुलास स्टील युनिट–२ उद्योगको स्थापना गरेको हो ।

विभिन्न प्रकारका स्टीलजन्य बस्तुहरु उत्पादन गर्दै आईरहेको हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले समय सापेक्ष रुपमा प्रविधि, क्षमता र रोजगारीलाई विस्तार गर्दै जाने क्रममा नयाँ उद्योग खोलेको जनाएको छ। यस उद्योगबाट विद्युतको प्रसारण लाइनको लागी आवश्यक पर्ने टावरहरु र Single Hot Dip Galvanizing  प्रविधिबाट नेपाल मै पहिलो पटक १३ मिटरसम्मका पोलहरु उत्पादन गरिने कम्पनीले उल्लेख गरेको छ ।

उद्योग मन्त्री दामोदर भण्डारी तथा मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले संयुक्त रुपमा उद्योग उद्घाटन गरेका हुन् ।

नेपालमा विद्युतको माग अत्यधिक बढी रहेको अवस्थामा सोलाई विस्तार गर्नका लागी प्रसारण लाइन तथा टावर आवश्यक पर्ने भएकोले नेपाल मै ति सामान उत्पादन थालिएको कम्पनीले जनाएको छ । हाल उक्त बस्तुहरु अन्य मुलुकहरुबाट आयात गर्नाले न्युन गुणस्तरीय हुनका साथै निर्माण कार्यमा अत्यधिक ढिलाई भई लागत मुल्यमा बृद्धि भईरहेको र अब ति बस्तुहरु स्वदेश मै उत्पादन हुने हुँदा  निमार्ण कार्य द्रुतगतिमा सम्पन्न भई लागत मुल्यमा कमी आउने अपेक्षा कम्पनीको छ ।

कम्पनीका अनुसार हुलास स्टील युनिट – २ उद्योगबाट Steel Lattice Towers, Substation Structure, Octagonal Pole, High Mast Pole, Mono Pole, Street Light Pole, Penstock Pipe, Bridge लगायत अन्य विभिन्न प्रकारका स्टीलजन्य बस्तुहरु उत्पादन गरिने छ। यसबाट आयात प्रतिस्थापन, रोजगारी श्रृजना, विदेशी मुद्राको बचत र राजश्व बृद्धि लगायत मेक इन नेपालको अवधारणालाई सार्थक बनाउने कम्पनीले जनाएको छ। उक्त बस्तुहरु लगभग ८ देखि १० अर्ब रुपैया बराबरको आयात भईरहेको हुनाले सो प्रतिस्थापन गर्न सकेमा लगभग ५०० देखि ७०० जनालाई थप रोजगारी प्रदान गर्न सकिने कम्पनीले उल्लेख गरेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img

AI चिप निर्माता NVIDIA बन्यो ४ ट्रिलियन डलर बजार पूँजीकरण पुग्ने विश्वकै पहिलो कम्पनी

एआई चिप निर्माता कम्पनी एनभिडिया कर्पोरेसनले बुधबार इतिहास रच्दै...

आज बिहीबार कुन विदेशी मुद्राको सटही दर कति ?

नेपाल राष्ट्र बैङ्कले आज बिहिबारका लागि विदेशी मुद्राको विनिमय...

मुस्ताङमा आएको बाढीले ७ वटा पुल बगायो

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि...

खानी खोला हाइड्रोको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज...

हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुई अन्तर्राष्ट्रिय अवार्ड

निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचआई) ले दुई...

एसएमई कम्पनीले आईपीओ निकाल्न बिक्री प्रबन्धक नै नपाउने जोखिम, लकइनले झस्किए !

नेपाल धितोपत्र बोर्डले ल्याएको साना तथा मझौला संगठित संस्थाको...
spot_img