चालु आर्थिक वर्ष २०८२/०८३ को ३ महिनामा नेपालको ब्यापार घाटा १२ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि भदौसम्ममा नेपालको ब्यापार घाटा १२.१८ प्रतिशतले बढेको छ ।
भन्सार विभागका अनुसार यस अवधिमा ४ खर्ब ६८ अर्ब ८ करोड बराबरको वस्तु तथा सेवा आयात हुँदा ७२ अर्ब ७८ करोड बराबरको निर्यात भएको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनाको तुलनामा यस आर्थिक वर्षको तीन महिनामा आयात १९.७९ प्रतिशतले र निर्यात ८९.६४ प्रतिशतले बढेको हो ।
निर्यातमा उल्लेख्य सुधार भएपनि यो तीन महिनामा नेपालले ३ खर्ब ९५ अर्ब ३० करोड ब्यापार घाटा ब्यहोरेको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालले ३ खर्ब ५२ अर्ब ३७ करोड ब्यापार घाटा ब्यहोरेको थियो ।













