Thursday, May 7, 2026
spot_img
spot_img

ईन्जिनियर हिमालयजंग क्षेत्रीः कन्स्ट्रक्शन उद्योगका उदाउँदा युवा

spot_img
spot_img

हरेक बुबा आमालाई आफ्नो सन्तान आफूभन्दा माथि पुगेको हेर्ने रहर हुन्छ । छोराको जन्म हुँदा राजकुमार क्षेत्री दम्पत्तिले पनि यस्तै सपना बुनेका थिए । कर्मचारी पृष्ठभूमिका राजकुमार क्षेत्री नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकसम्म बने । त्यसकारण पनि उनी आफ्नो छोरो हिमालयजंग क्षेत्रीलाई त्योभन्दा माथिल्लो ओहदामा पुगेको हेर्न चाहन्थे ।

हिमालयजंग क्षेत्री कर्मपथमा यसरी सयर गर्न थाले कि उनलाई जागिरे जीवन होइन, व्यवसायिक जीवनको जग हाल्नु थियो । उसैपनि कर्मचारी पृष्ठभूमिको परिवारबाट व्यवसायमा हाम्फाल्ने कुरा त्यति स्वीकार्य हुँदैन । तर, हिमालयले जसै जमर्को गरे, परिवारले पनि सहयोग गर्दै गयो । फलस्वरुप, हिमालयजंग क्षेत्री उनको परिवारमै ‘फस्ट जेनेरेशन इन्टरप्रेनर’ बनेका छन् ।

चितवनदेखि काठमाडौँसम्म
राजकुमार क्षेत्रीहरुको पुख्र्यौली घर भने पर्वत हो । हिमालयजंगका हजुरबुबा पर्वत जिल्लाबाट चितवन बसाई सरेका थिए । हिमालयजंग चितवनमै जन्मिए । उनको शैसवकाल चितवनमै बित्यो । विद्यालय शिक्षा पनि त्यहीँबाट पूरा गरे । त्यसपछि काठमाडौँ आए ।

काठमाडौँको युनाइटेड एकेडेमीबाट प्रविणता प्रमाणपत्रतह अध्ययन गरे । त्यसपछि नेपाल इन्जिनियरिङ कलेबाट ईन्जिनियरिङ अध्ययन पूरा गरे । यद्यपि, नतिजा आउन कोभिडका कारण केही ढिलाई भएपनि विद्यार्थी अवस्थामा हुँदा नै उनले कम्पनी दर्ता लगायतका प्रक्रिया पूरा गरेर व्यवसायको तयारी सुरु गरिसकेका थिए ।

अध्ययन सकेपछि उनले व्यवसाय सुरु गरे । इन्जिनियरिङ अध्ययन गरेको हुनाले कन्ट्रक्शन क्षेत्रमै काम गर्ने उनको हुटहुटी थियो । त्यसैकारण हिमालयले २०७७ सालबाट ‘चाम्से कन्ट्रक्शन’बाट आफ्नो व्यवसायिक यात्राको प्रारम्भ गरे ।
‘एकातिर जागिर नै गरोस् भन्ने परिवारको चाहना थियो, अर्कातिर हाम्रो परिवारबाटै व्यवसायमा प्रवेश गरेको पहिलो व्यक्ति भएको हुनाले सुरुसुरुमा के गर्ला, कसरी काम गर्ला भन्ने चिन्ता परिवारमा थियो’ हिमालय ती दिन सम्झिन्छन्, ‘तर, सुरुबाटै परिवारको साथ, सहयोग र हौसला प्राप्त भयो । काम गर्दै जाँदा परिवारले पनि विश्वास गरेर थप हौसला दिएपछि अझै राम्रो गर्दै जानुपर्छ भन्ने प्रेरणा पनि प्राप्त हुँदै गयो ।’

प्राविधिक ज्ञानले आत्मविश्वास, १५ करोड माथिको ‘पोर्टफोलियो’
चाम्से कन्ट्रक्शन सुरु गर्नु अगाडि हिमालयजंगले यस क्षेत्रको निकै मसिनो गरी अध्ययन गरेका थिए । आफू इन्जिनियरिङको विद्यार्थी भएको हुनाले प्राविधिक ज्ञानको अभाव थिएन, व्यावहारिक दक्षताका लागि उनले पाको पुस्तासँग सम्बन्ध र सम्पर्क बढाएका थिए । पूरानो पुस्ताको अनुभवले पनि उनलाई धेरै कुरा सिकायो ।

यसबीचमा चाम्से कन्ट्रक्शन मार्फत् धेरै काम हिमालयले गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षको निर्माण गरे, त्यहीँको पानीको प्रोजेक्ट पनि सम्पन्न गरे । चौधरी ग्रुप अन्तर्गतको सीजी होल्डिङ्सको हाउजिङ प्रोजेक्टमा पनि काम गरे ।

भरतपूर विमानस्थलको स्तरोन्नति पछि ‘फिनिसिङ’को काम पनि चाम्से कन्ट्रक्शनले नै ग¥यो । विभिन्न अटोमोबाइल कम्पनीका आधुनिक शोरुमहरु पनि बनाए ।

हिमालयजंग क्षेत्री अहिले ‘रेसिडेन्सियल बिल्डिङ’को काममा जम्दै छन् । अझ गजबको कुरा के छ भने चाम्से कन्ट्रक्शनले ग्राहकलाई घर बनाउन आवश्यक सबै सुविधा उपलब्ध गराउँछ । ‘डिजाईन, नक्सापास, निर्माण र हस्तान्तरण सबै काम हामीले नै गरिदिन्छौँ’ हिमालयले आफ्नो कम्पनीले दिँदै आएको सेवा पनि बताए, ‘यो मोडल अन्तर्गत अहिले हामीले काठमाडौँ, विराटनगर र भैरहवामा रेसिडेन्सियल बिल्डिङको काम गरिरहेका छौँ ।’

यसरी छोटो समयमै यस्ता परियोजनाहरु निर्माण सम्पन्न गरेर अनुभव हासिल गरेका हिमालयजंगका अनुसार अहिले चाम्से कन्ट्रक्शनमा दैनिक काममा खटिने १३ जनाको जनशक्ति छ । प्रोजेक्टपिच्छे ‘हायर’ गरिने जनशक्तिको संख्या पनि ठूलो छ । यसरी अहिले चाम्से कन्ट्रक्शनको पोर्टफोलियो १५ करोडभन्द माथि पुगेको छ ।

आफूसँग प्राविधिक ज्ञान थियो, व्यस्थापकीय जिम्मेवारी पनि सँगसँगै अघि बढाए । सम्बन्धित क्षेत्रको ज्ञान भएकाले उनलाई व्यवस्थापकीय भूमिका पूरा गर्न त्यति असजिलो भएन । ‘निर्माण क्षेत्रमा समयमै काम हुँदैन भन्ने जतिपनि गुनासो सुनिन्छ, त्यो व्यवस्थापकीय कमजोरीले गर्दा हुने हो’ क्षेत्री भन्छन्, ‘पूरानो पुस्तासँग प्राविधिक ज्ञानको कमी थियो । धेरै प्रोजेक्ट होल्ड गर्ने चलन थियो । यहीँबाट निर्माण क्षेत्रप्रति आम सर्वसाधारणको धारणा नै नकारात्मक बन्न पुगेको हो । तर, प्राविधिक ज्ञान सहितको नयाँ पुस्ताले धेरै उदाहरणीय काम गरेको छ ।’

सर्वसाधारणको व्यस्त दैनिकी र बढ्दो चेतना
हिमालयजंग क्षेत्रीलाई थाहा छ, कुनै बेला घर बनाउन प्राविधिक डिजाइन त परैको कुरा, सामान्य नक्साङ्कन समेत गरिँदैन थियो । तर, अहिले भवन बनाउन स्थानीय तहहरुले आवश्यक मापदण्ड नै बनाएका छन् । नक्सापास नगराई भवन ठड्याउनै पाइँदैन । यसले पनि अहिले शहर बजारमा मात्रै होइन, गाउँगाउँमा पनि प्राविधिक डिजाईन गरेरमात्रै घर बनाउनुपर्छ भन्ने चेतनाको विकास भएको छ ।

‘२०७२ सालको भूकम्पले प्राविधिक डिजाईन गरेर मात्रै भौतिक संरचना बनाउनुपर्छ भन्ने पाठ सिकायो, त्यसपछि इन्जिनियरिङ डिजाइनको आवश्यकता महशुस गरेर अहिले घर बनाउँदा पहिल्यै प्राविधिक ईस्टिमेट गर्ने क्रम बढ्दो छ’ उनी भन्छन्, ‘पहिला पहिला प्राविधिक मान्छे पनि कम थिए, अहिले प्राविधिक जनशक्ति पनि बढेको छ । आम मान्छेमा बढिरहेको यो खालको चेतनाले बलिया र टिकाउ संरचना बनाउन मद्दत पुगिरहेको छ ।’

साथै, अहिले मान्छेको दैनिकी निकै व्यस्त छ । त्यसकारण घर बनाउने क्रममा पनि ‘फिल्ड’मा उभिएर निगरानी गर्ने समय हुँदैन । यस्तो अवस्थामा ‘कन्ट्रयाक्टर’लाई जिम्मा दिएर आफू आफ्नो काममा केन्द्रित हुने क्रम बढ्दो छ ।

‘मानिसको आम्दानी बढेपछि घर बनाउने हो, तर व्यस्त जीवनशैलीका कारण समय दिनसक्ने स्थिति छैन । अहिले पैसाको मूल्यभन्दा समयको मूल्य बढी छ’ हिमालय भन्छन्, ‘यसकारण आफ्नो घर तथा भवन बनाउने कामको जिम्मा कन्ट्रयाक्टरलाई दिएर आफू काममा फोकस हुने क्रमपनि अहिले बढिरहेको छ । यस्तो अवस्थामा नक्सापास, डिजाइनदेखि निर्माणसम्म कन्ट्रक्शन कम्पनीले नै गरिदिने भएपछि सेवाग्राहीलाई निकै सहज भएको छ ।

‘ठूला पूर्वाधारमा निजी क्षेत्रलाई लगानी गर्न दिइनुपर्छ’
ईन्जिनियरिङ अध्ययन गरेर उपभोक्तालाई प्राविधिक सहितको सम्पूर्ण सेवा दिँदै आएका हिमालयजंग क्षेत्रीले मुलुकभित्र अझैपनि व्यवस्थित भौतिक विकासको अभाव देखिरहेका छन् । एउटा दक्ष प्राविधिक र डिजाइनरको नजरबाट हेर्दा मुलुकलाई सुन्दर र प्राविधिक रुपमा बलिया संरचनाले भरिभराउ पार्न सकिन्छ भन्ने पनि लाग्छ ।

‘यी सबैका लागि सरकारले स्पष्ट मापदण्ड बनाएर निजी क्षेत्रलाई पूर्वाधारमा लगानी गर्न दिनुपर्छ’ हिमालय प्रष्ट सुनिन्छन्, ‘अब व्यक्तिगत घरमात्रै होइन, सडक, कभर्ड हलजस्ता संरचनामा पनि निजी क्षेत्रको लगानी ल्याउनुपर्छ ।’

उनका अनुसार सरकारले शिक्षा, स्वास्थ्यजस्ता महत्वपूर्ण क्षेत्रमा लगानी बढाउने हो । अहिले पूर्वाधारमा पनि सरकारले नै लगानी गर्नु परिहँदा शिक्षा, स्वास्थ्य क्षेत्रमा सरकारको उपस्थिति कमजोर बनिरहेको उनको निष्कर्ष छ ।

‘सडक, पुल, कभर्ड हल जस्ता संरचनामा निजी क्षेत्रलाई लगानी गर्न दिने हो भने सरकारले पूर्वाधारमा बजेट छुट्याईरहनु पर्दैन, त्यो पैसा शिक्षा र स्वास्थ्यमा छुट्याउन सक्छ’ हिमालय भन्छन्, ‘तर सरकारले मापदण्ड चाहिँ बनाउनुपर्छ । त्यस अनुसार काम भए नभएको अनुगमन पनि गर्नुपर्छ ।’

उनले यस सम्बन्धमा छिमेकी देश भारतको पनि उदाहरण प्रस्तुत गरेका छन् । भारतमा बन्दरगाह, ‘हाइ वे’ र ‘एक्सप्रेस वे’ निजी क्षेत्रले बनाइरहेको र विमानस्थलसमेत बनाउन थालिसकेको स्थितिमा अब नेपालले पनि अब यसतर्फ सोच्न ढिलाई गर्न नहुने उनको सुझाव छ ।

‘नेपालमै पनि हाइड्रोपावरमा निजी क्षेत्रलाई प्रवेश गराएपछि अहिले बिजुली निर्यात गर्नसक्ने अवस्थामा पुग्न सफल भएका छौँ’ कुराकानीलाई बिट मार्ने क्रममा क्षेत्रीले थपे, ‘केबलकार पनि यातायातकै साधन हो, अहिले भइरहेको केबलकारको विकासलाई नै हेर्दा पनि निजी क्षेत्र काम गर्न सक्षम छ भन्ने प्रष्ट हुन्छ । यतिमात्रै होइन, अरु ठूलाठूला पूर्वाधारमा लगानी गर्न दिने हो भने प्राइभेट सेक्टरले विदेशबाट लगानी ल्याएरसमेत काम गर्नसक्छ ।’

(यो सामाग्री बिजनेशपाना म्यागेजिनको पछिल्लो अङ्कमा पनि प्रकाशित छ) 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका...

महासंघले पाएन ‘महिला उपाध्यक्ष’

नेपाल उद्योग वाणिज्य महासंघले महिला उपाध्यक्ष नपाउने पक्का भएको...

११ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार...

मुद्दा परेपछि आईफोन प्रयोगकर्तालाई २५० मिलियन डलर दिदै एप्पल, क-कसले पाउँछन् ?

प्रविधि कम्पनी एप्पलले आइफोन १५ प्रो, १५ प्रो म्याक्स...

एफएनसीसीआईमा सचिनको सानदार ‘इन्ट्री’, बुबाको पदचाप पछ्याउँदै उत्तराधिकारी बन्ने अवसर

पारिवारिक जिम्मेवारीमा होस् वा पारिवारिक विरासत बोकेको उद्यम व्यवसायमा...

सिटी होटेलले भन्यो ‘सेबोनको स्वीकृतिमै नियमानुसार हकप्रद शेयर बिक्री गरिएको हो’

सिटी होटल लिमिटेडले कानून विपरीत ‘लकइन’ मा रहेको संस्थापक...
spot_img