Tuesday, June 23, 2026
spot_img

निर्यातमा नगद अनुदानको व्यवस्था यथावत राख्न तयारी पोशाक उद्योग संघको आग्रह

spot_img
spot_img

नेपाल तयारी पोशाक उद्योग संघले निर्यात प्रवर्द्धनका लागि हालसम्म कायम रहेको नगद अनुदानको व्यवस्था पूर्ववत् रूपमा सुचारु गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।हालै उद्योग विभागले चालु आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुने गरी नगद अनुदानका लागि निवेदन नलिने जानकारी दिएको थियो। उक्त सूचनाले लगानी विस्तार, उत्पादन, निर्यात र रोजगारीमा गम्भीर असर पार्ने संघले जनाएको छ ।

संघका अनुसार तयारी पोशाकले विगतको लामो समय देखि तेस्रो मुलुकहरुको निर्यातमा अग्रस्थान हासिल गर्दै आइरहेकोछ। यसै सन्दर्भमा, छिमेकी मुलुकहरूको तुलनामा नेपालको समुद्री मार्गसम्मको पहुँचमा धेरै लागत पर्ने भएकोमा निर्यातमा नगद अनुदान र मूल्य अभिवृद्धि करको फिर्ताको कारणले अन्तर्राष्ट्रिय वजारहरुमा प्रतिस्पर्धा गर्दै आइरहेकोमा नगद अनुदानका लागि निवेदन नलिने निर्णयले दीर्घकालीन रूपमा निर्यातमुखी उद्योगहरूमा नकारात्मक प्रभाव पार्ने छ। यसबाट नेपाली उद्योगहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्ने अवसरवाट वञ्चित गर्ने संघले उल्लेख गरेको छ।

साथै, मूल्य अभिवृद्धि कर फिर्ता प्रकृया यथाशिघ्र पेपरलेस र फेसलेस (Paperless and Faceless) हुनुपर्ने र बन्द अवस्थामा रहेका निर्यात र रोजगारीमुलक उद्योग पुनः सञ्चालन गर्न चाहेमा त्यस्ता उद्योगलाई प्रतिवद्धता सहित सञ्चालन गर्न रुग्ण उद्योगको मान्यता दिने प्रकृया पनि अघि वढाई निर्यात अभिवृद्धिमा सहजता प्रदानका लागि समेत संघले आग्रह गरेको छ।

हाल सम्म कायम रहेका व्यवस्थाहरुको सविक वमोजिम सुचारु र अन्य व्यवसाय मैत्री उपकरणहरुको माध्यमवाट निर्यात प्रवर्द्धनका लागि थप सहजिकरण गर्नका लागि संघले नेपाल सरकार र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समक्ष माग गरेको हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img