Tuesday, June 23, 2026
spot_img

जेन्जी अराजकताः प्रशासकलाई थर्काउनेदेखि व्यवसायीलाई धम्क्याउनेसम्म

spot_img
spot_img

भदौ २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलन पश्चात अन्तरिम सरकार गठन भएयता ‘स्वघोषित जेन जी अगुवा’को अराजकता बढ्दै गएको छ । सरकार र मन्त्रिपरिषद गठनमा ति अगुवाहरुको हस्तक्षेपले अझै पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री सुशिला कार्कीलाई नै सुदन गुरुङहरुले हत्तुहैरान बनाएका छन् ।

आन्दोलन पश्चात एकाएक विभिन्न नाममा जेन–जीका समूह नै खडा भएका छन् । अहिलेसम्म देखिएका दर्जनभन्दा बढी यी समूहहरुले सार्वजनिक निकायको हुर्मत मात्रै लिएका छैनन्, लगानी नै बिथोलिने खालका गतिविधि समेत बढाएका छन् ।

भोटेकोशीमा निःशुल्क सेयर
जेनजी समूहका नाममा एउटा समूहले सिन्धुपाल्चोकस्थित ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत् आयोजना एक महिना बन्द गराए । उनीहरुले निःशुल्क १० प्रतिशत सेयर आफूहरुलाई दिनुपर्ने माग राखेका थिए । ‘भोटेकोशी गाउँपालिका जेनजी ग्रुप’ का नामको समूहले निःशुल्क १० प्रतिशत सेयर दिनुपर्ने माग गर्दै आयोजना नै बन्द गराउँदा आयोजनाले करिब ३० करोड रुपैयाँ क्षति ब्यहोर्नुप¥यो ।

अन्ततः उक्त समूहले अहिले नगद लगानी नगर्ने तर, भविष्यमा आउने नाफाबाट कटाउने गरी भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत शेयर हत्यायो । निरन्तर अवरोध भएपछि भोटेकोशी पावर कम्पनी सेयर दिन बाध्य भयो । ‘भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड’ नामक कम्पनीमा सबै स्थानीय साझेदार रहने र उक्त कम्पनीलाई आयोजनाले १० प्रतिशत सेयर उपलब्ध गराउने सम्झौता भएको हो ।

‘धम्क्याएरै सेयर लिए’ एक जना जलविद्युत विकासकर्ता भन्छन्, ‘लगानी गर्नुनपर्ने, धम्क्याएकै भरमा सेयर पाइने भएपछि कसरी काम गर्न सकिन्छ ?’

क्यानमा छिरेर महानिर्देशकको हुमर्त
विगतमा प्रहरीमा उजुरी परेका र पक्राउ पूर्जीसमेत जारी भइसकेका व्यक्ति पनि अहिले रातारात जेन जी अगुवामा रुपमा पदार्पण भएका छन् । यीमध्ये एक हुन् अछामका अर्जुन शाही ठकुरी । उनीविरुद्ध बैंकिङ कसुर र वैदेशिक रोजगार सम्बन्धि ठगीको उजुरी थियो । उनलाई बैशाख २८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो ।

प्रहरी वृत्त महाराजगञ्जले पनि उनीविरुद्ध दुई वटा उजुरीमा मुद्दा चलाएको देखिन्छ । जेनजी आन्दोलन हुनुभन्दा केही दिन अघि मात्रै हिरासतमुक्त भएका उनी अहिले रातारात जेनजी अगुवाका रुपमा देखिएका छन् । उनकै नेतृत्वको एउटा समूहले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई कार्यालयमै छिरेर गालिगलौज गरेको छ । असक्षम, कार्य क्षमता नभएको, अराजक लगायतका आरोप लगाउँदै शाहीको समूहले निर्देशनको शैलीमा महानिर्देशक अधिकारीको राजीनामा मागेको छ । अराजक शैलीमा आफूविरुद्द आफ्नै कार्यालयमा आएर हुर्मत लिँदा पनि महानिर्देशक अधिकारी भने निरिह देखिन बाध्य भए ।

नेपाल एयरलाइन्सदेखि अख्तियारमा समेत अस्वभाविक हस्तक्षेपको प्रयाश
शाहीकै समूह सोमबार नेपाल एयरलाइन्सको कार्यालयभित्र छिरेर अनुसन्धानको शैलीमा सोधीखोजी गर्न थाल्यो । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी कार्यालयमा थिएनन् । त्यसपछि उनीहरुले कर्मचारीलाई हप्कीदप्की गरे ।

कार्यालय प्रमुख नदेखेपछि शाही आफैँले कर्मचारीलाई आदेश दिँदै भने, ‘तपाइहरुको हाकिम कहाँ हुनुहुन्छ ? तुरुन्त यहाँ ल्याउनुस् । नत्र घरबाटै थुतेर ल्याउँछौँ ।’

त्यसपछि सोमबारै शाहीको समूह अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पुग्यो । उनीहरुले अख्तियारका प्रमुख आयुक्त प्रेम राईसँग भेट्न खोजे । तर, प्रमुख आयुक्त राईले शाहीको समूहलाई भेट दिएनन् । त्यसपछि अराजक शैलीमा उनीहरुले गालीगलौज गर्न थाले । आयुक्तहरु र कर्मचारीहरुलाई थर्काए, धम्क्याए ।

जसका कारण अहिले सार्वजनिक निकायदेखि उद्योगी व्यवसायीमा समेत असुरक्षाको त्रास बढेको छ । उद्योगीहरुले त निर्वाध रुपमा उद्यम व्यवसाय सञ्चालनका लागि सुरक्षाको वातावरण बनाउन सरकारसँग अनुरोध नै गर्दै आएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img