स्मार्टफोन ब्राण्ड भिभोले वाई सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो वाई२१डि नेपाली बजारमा सार्वजनिक गरेको छ । यस स्मार्टफोनले उत्कृष्ट प्रदर्शन, मजबुत सुरक्षा र उपयोगी सुविधाहरूलाई सुलभ मूल्यमा उपलब्ध गराउने दाबी गरिएको छ ।
भिभो वाई२१डि नेपालकै सबैभन्दा किफायती आई पी ६८/६९ डस्ट एण्ड वाटर–रेजिस्टेन्ट स्मार्टफोन भएको र यसमा अलराउन्ड वाटरप्रुफ प्रोटेक्सन फिचर रहेको जनाइएको छ । जसले अन्डरवाटर फोटोग्राफी मोड मार्फत पानीमुनिका सुन्दर दृश्यहरू सजिलै कैद गर्न सहयोग गर्ने बताइएको छ ।
साथै, वनट्याप वाटर इजेक्सन र वनट्याप डस्ट एण्ड वाटर रिमोवल जस्ता स्मार्ट फिचरहरूले फोनभित्र प्रवेश गर्ने धुलो वा पानीलाई सहजै बाहिर निकाल्न मद्दत गर्ने भनिएको छ ।
फोनको मजबुतीलाई एसजिएस ५ स्टार ड्रप रेसिस्टेन्स र मिलिट्री ग्रेड सर्टिफिकेशनले प्रमाणित गरेको छ । थप सुरक्षाका लागि यसमा एयर–स्प्रिङ्ग फोन केस समेत उपलब्ध छ ।
भिभो वाई२१डिमा ६५०० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यास चार्ज टेक्नोलोजी समावेश छ, जसले २१.६ घण्टासम्म निरन्तर युट्युब स्ट्रिमिङको सुविधा दिन्छ र २०% बाट १००% चार्ज हुन करिब ७५ मिनेट मात्र लाग्छ । दीर्घकालीन प्रयोगलाई ध्यानमा राख्दै, यस ब्याट्रीले ५ वर्षपछि पनि ८०% भन्दा बढी क्षमतामा काम गर्ने ग्यारेन्टी प्रदान गर्ने दाबी गरिएको छ ।
प्रदर्शनका लागि, फोनमा ६ जि बी वा ८ जि बी र्याम र १२८ जि बी स्टोरेज रहेको छ । साथै, भिभोको ५०–महिना स्मूथ एक्स्पिरियन्स प्रोमिसले लामो समयसम्म भरपर्दो प्रयोग सुनिश्चित गर्ने बताइएको छ । सर्कल टु सर्च विथ गुगल, पासकी, एआई स्क्रिन ट्रान्सलेशन, फेस अनलक (मास्क वा हेल्मेटसहित) र ग्लभ मोड जस्ता स्मार्ट फिचरहरूले पनि रहेको बताइएको छ ।
डिजाइनको हिसाबले, यो स्मार्टफोन दुई आकर्षक रङ कोरल रेड र जेड ग्रीनमा उपलब्ध हुनेछ । फ्ल्यागशीप क्वाड–कर्भड ब्याक कभर, प्रिमियम फ्रेम डिजाइन र डाइनामिक लाइट इफेक्टले यसलाई स्टाइलिश र आधुनिक बनाउँछ ।
क्यामेरा पक्षमा, ५० एमपी एचडी मुख्य क्यामेरासहितका एआई फोटो इन्ह्यान्स, मल्टी–स्टाइल पोट्र्रेट, स्टाइलिस नाइट फिल्टर्स जस्ता फिचरहरूले प्रयोगकर्तालाई सृजनात्मक फोटो अनुभव प्रदान गर्छ ।
भिभो वाई२१डि असोज १९ देखि नेपालभरका अधिकृत रिटेल पार्टनरहरू र दराज अनलाइन मार्फत उपलब्ध छ भने यसको मूल्य भने ६ जि बी + १२८ जि बी. को २१ हजार ४९९ र ८ जि. बी. + १२८ जि. बी. को २३ हजार ४९९ निर्धारण गरिएको छ ।













