Tuesday, June 23, 2026
spot_img

कान्तिपुरमा आगो लाग्दा भायानेटको मुख्य डाटा सेन्टरमा क्षति, अरु इन्टरनेट पनि स्लो

spot_img
spot_img

भदौ २५ गते कान्तिपुर मिडिया ग्रुप भएको भवनमा आगो लाग्दा भायानेट कम्युनिकेसन्सको डाटा सेन्टरमा पनि क्षति पुगेको छ ।  भदौ २५ गते  दिउँसो करिब ४:४५ बजे प्रदर्शनकारीहरुले कान्तिपुर मिडिया ग्रुप रहेको सेन्ट्रल बिजनेस पार्कमा आगो लगाईदिएका थिए ।

सोहि भवनको चौथो तलामा रहेको भायनेटको प्रमुख डाटा सेन्टर थियो, जसमा आगोले क्षति पुगेको छ। भायानेटका अनुसार ब्याकअप डाटा सेन्टरहरू भए पनि यति महत्वपूर्ण पूर्वाधारको अचानक क्षतिले सम्पूर्ण ग्राहक ट्राफिक व्यवस्थापन गर्न नसक्दा सेवा व्यापक रूपमा अवरुद्ध भएको थियो।

 सेना र प्रहरीले आगलागी नियन्त्रणमा ल्याएपछि डाटा सेन्टरमा सुरक्षित पहुँच सम्भव भएको कम्पनीले जनाएको छ। भायनेटका इन्जिनियरहरूले आंशिक रूपमा जलिरहेको, धुवाँ र भाँचिएको सिसाले भरिएको खतरनाक भवनमा प्रवेश गरी महत्वपूर्ण सर्भरहरू सावधानीपूर्वक बाहिर निकालेर अर्को डाटा सेन्टरमा पुन: स्थापना गर्न थालेका थिए।

उनीहरूको अथक प्रयासका कारण अधिकांश ग्राहकहरूका लागि इन्टरनेट सेवा पुनर्स्थापना भइसकेको र आजको दिनको अन्त्यसम्ममा पूर्ण क्षमतामा फर्कने अपेक्षा गरिएको कम्पनीले जनाएको छ। नेटवर्क स्थिर भएपछि भायाटिभी सेवा पनि पुनर्स्थापना हुने कम्पनीले उल्लेख गरेको छ।

भायानेटसँग अन्य इन्टरनेट सेवा प्रदायकले पनि केही मात्रामा इन्टरनेट खरिद गरेर आफ्ना ग्राहकलाई सेवा दिने भएकोले भायानेटको मुख्य डाटा सेन्टरमा क्षति पुग्दा अन्य सेवा प्रदायकको इन्टरनेटमा पनि इन्टरनेट स्लो हुने समस्या देखिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img