Sunday, June 14, 2026
spot_img

नेपाल ब्राजिल चेम्बर अफ कमर्सको साधारणसभा सम्पन्न, अध्यक्षमा चापागाईं

spot_img
spot_img

नेपाल ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि नेपालका लागि ब्राजिलका राजदूत कार्लोस डेन हार्टोगले सभाको उद्घाटन गरेका थिए ।

सभाले अखिल चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसमा उपाध्यक्षहरुमा विक्रम राई, चेंग अग्रवाल र विनय उपाध्याय रहेका छन् भने महासचिवमा निरज तिमिल्सीना चयन भएका छन् ।

त्यस्तै, सचिवमा ज्योत्सना श्रेष्ठ र प्रेम पाण्डे रहेका छन् भने कोषाध्यक्षमा राकेश श्रेष्ठ, र्कायसमिति सदस्यहरुमा क्रमशः गोकर्ण लामिछाने, शेर बहादूर के.सी, विजय चौधरी, शुसिल कडरिया, निर्मल राज पौडेल, लवराम दाहाल र फडिन्द्र राज गिरी रहेको चेम्बरले जनाएको छ ।

अध्यक्षको पदभार ग्रहण गर्दै चापागाईंले नेपाल-ब्राजिलबीच आपसी व्यापार, लगानी, प्राविधिक सहयोग र सांस्कृतिक सम्बन्धलाई अझै प्रभावकारी बनाउन प्रतिबद्ध रहेको जनाए ।

“हामीले अब ब्राजिलसँग द्विपक्षीय व्यापारलाई नयाँ चरणमा लैजानुपर्छ। नेपाली हस्तकला, चिया, कपडा, पर्यटन र ब्राजिलको कच्चा पदार्थ, कृषि प्रविधि तथा शैक्षिक आदान–प्रदान दुवै पक्षका लागि फाइदाजनक बन्न सक्छन्,” अध्यक्ष चापागाईंले भने।

कार्यक्रममा बोल्दै राजदूत हार्टोगले आफ्नो चार वर्षे कार्यकाल नेपालका लागि एउटा अविस्मरणीय क्षणको रुपमा रहको उल्लेख गर्दै आफू जहाँ रहे पनि नेपाल र ब्राजिलबीचको आर्थिक एवं कुटनीतिक सम्बन्धलाई बलिया बनाउन सधै लागि पर्ने बताए ।

सभामा प्रस्तुत प्रतिवेदनअनुसार, नेपालले ब्राजिलसँगको व्यापार विस्तारका लागि कृषि उत्पादन, हस्तकला, रेडिमेड गार्मेन्ट, पर्यटन सेवा निर्यात गर्न सक्ने सम्भावना रहेको बताइएको छ। त्यस्तै, ब्राजिलबाट नेपालले कच्चा पदार्थ, औद्योगिक उपकरण, प्रविधि, वाइन तथा खाद्य सामग्री आयात गरेर नेपाली उद्योगलाई प्रतिस्पर्धात्मक बनाउन सक्ने चेम्बरले उल्लेख गरेको छ ।

कार्यक्रममा व्यवसायी, उद्योगपति, वाणिज्य दूतावासका पदाधिकारी, कूटनीतिज्ञ, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा चेम्बरका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...

युवाहरू विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेकोे छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा...

उच्चतम् प्रविधि र आधुनिक डिजाइनसहित नेपाल आयो ओमोडा ई–५ प्रो, यस्ता छन् विशेषता

ओमोडाको प्रिमीयम इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ नेपाली बजारमा...

गोल्यान ग्रुपको रक्तदान कार्यक्रममा सांसद रञ्जु दर्शनाले भनिन्– व्यवसायलाई समाजसँग जोड्नु प्रशंनीय

प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले व्यवसायलाई समाज विकासमा जोड्नु सकारात्मक...
spot_img