Thursday, May 7, 2026
spot_img
spot_img

शार्क ट्यांक नेपालमा विमोददेव पन्तको चुकुल एप, नियामकीय प्रावधानमा शार्कहरुको चासो

spot_img
spot_img

शार्क ट्यांक नेपालको ११ औं एपिसोडमा चुकुल एपका संस्थापक तथा अध्यक्ष बिमोददेव पन्तले शार्कहरुसामु आफ्नो प्रोडक्टबारे पिच गरेका छन् । चुकुल एप शेयरबजारका लगानीकर्तालाई कारोबारमा सहज पार्ने एप हो, जसले कारोबारको लागि बाई, सेल लगायतका विभिन्न सिग्नल दिएर लगानीकर्तालाई कारोबारबारे निर्णय गर्न सघाउछ।

पन्तका अनुसार अहिले चुकुल एपले बेसिक प्याकेज र डायमण्ड प्याकेज बिक्री गरिरहेको छ। बेसिक प्याकेज मासिक प्याकेज हो जसको मूल्य २४ सय ९९ रहेको छ। डायमण्ड प्याकेज वार्षिक प्याकेज हो, जसको मूल्य २३ हजार ३ सय ३३ रहेको छ।

उनले प्याकेज बिक्रीबाट २०२३ मा ९३ लाख, २०२४ मा २ करोड ४२ लाख र २०२५ को हालसम्म ६८ लाख आम्दानी गरेको बताए । उनले हालसम्म एपका ८३ सय बढी प्रयोगकर्ता रहेको र यो लेभलको एप अहिले अरु कसैले उत्पादन नगरेको बताए । पन्तले कम्पनीको भ्यालुएसन २५ करोड गरेर ३० प्रतिशत शेयरको लागि शार्कहरुसँग ७.५ करोड लगानीको लागि माग गरेका थिए।

तर शार्कहरुले कम्पनीको भ्यालुएसन धेरै भएको र नियमकीय व्यवस्था नरहेको भन्दै लगानी गर्न चाहेनन्। यद्यपि पन्तले ईसेवा र पठाओको उदाहरण दिदै प्रविधिको हकमा पहिले प्रोडक्ट आउने र पछि मात्र नीति नियम आउने गरेको भन्दै समय संगै चुकुल एपको हकमा पनि समयसंगै नीतिगत व्यवस्था हुने अपेक्षा गरे।

शार्क आनन्द बगरियाले नियामकबाट नै स्वीकृत नभएकोले लगानी गर्न नसक्ने बताए । साथै धेरै नै भ्यालुएसन गरेर शार्कको लगानी नलिने गरि आएको जस्तो देखिएको टिप्पणी गरे । शार्क क्याबिनेट श्रेष्ठले आफु शेयर ट्रेडिङमा खासै नरहेको र आफुले यो विषय नबुझेकोले लगानी नगर्ने बताए। शार्क ऋतुसिंह बैद्यले कसैले कसैलाई पनि शेयर खरिद बिक्रीको लागि इन्फ्लुएन्स गर्न नपाइने व्यवस्था रहेकोले त्यसबारे चासो राखेकी थिईन् । बिमोदले यो एपले विभिन्न सिग्नल मात्र दिने भएकोले यो एजुकेसनल प्रपोजको लागि भएको बताए। धेरै रकम माग गरिएको, भ्यालुएसन नमिलेको र नियामकबाट नै स्वीकृति नरहेकोले लगानी नगर्ने बताईन् ।

शार्क सौरभ ज्योतिले धेरै नै विषय सुल्झन बाँकि रहेको र माग गरिएको रकम पनि ठूलो भएकोले लगानी नगर्ने बताए । शार्क हेमराज ढकालले पनि रेगुलेसन क्लियर नभएको र भ्यालुएसन धेरै भएकोले लगानी नगर्ने बताए ।

एपिसोड प्रसारण भएपछि पन्तले मुख्य थिम नै कार्यक्रमबाट काटिएको गुनासो गरेका छन् । उनले एक जना शार्क आफ्नो एपको प्रयोगकर्ता रहेको विषय, एपका संम्स्थागत क्लायन्टका विषय काटिएको बताएका छन् । साथै एपबारे अन्य धेरै जानकारी प्रस्तुत गर्न नपाएको बताएका छन् । यद्यपि कुन एपिसोड कहिले प्रसारण गर्ने, के के विषय समावेश गर्ने भन्ने सर्वाधिकार शार्क ट्यांक नेपाल मै रहन्छ ।

कुराकानीको क्रममा  शार्क हेमराज ढकालले पन्तलाई ‘म तपाईलाई चिन्छु, यति राम्रो प्रोडक्ट बनाउनु भएकोमा धन्यवाद’ भनेकोले पन्तले भनेका चुकुल एपका ग्राहक हेमराज ढकाल हुन सक्ने अनुमान दर्शकले गरेका छन् ।

spot_img
spot_img

1 COMMENT

  1. पठाओको उदाहरण दिएछन्, युनिटी पनि छ उदाहरण बिचार गरौं । युनिटीको उद्घाटन कतिजना अनपढ, गंवार असक्षम भ्रष्टाचारी प्र. म. ले गरेका थिए रे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बागमती प्रदेशमा आज सार्वजनिक विदा

बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न...

प्रधानन्यायाधीश सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै

आज बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै छ।  सर्वोच्च अदालतको...

वैदेशिक रोजगारीमा रहेकाले सर्वोत्तम पेन्ट्सको आईपीओ भर्ने आज अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेका नेपालीले सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको आईपीओमा...

सानिमा इक्विटी फण्ड २ को इकाई आजदेखि बिक्रीमा

सानिमा क्यापिटल लिमिटेडले आज २०८३ वैशाख २४ गतेदेखि सामुहिक...

शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका...

महासंघले पाएन ‘महिला उपाध्यक्ष’

नेपाल उद्योग वाणिज्य महासंघले महिला उपाध्यक्ष नपाउने पक्का भएको...
spot_img