नेपाली उद्यमी मञ्च – ललितपुर च्याप्टरले आफ्नो चौथो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ। यस अवसरमा अध्यक्ष पदको जिम्मेवारी नितु श्रेष्ठबाट एल्भिस रञ्जितलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
साधारणसभामा पछिल्लो कार्यकालमा युवा उद्यमशीलता, नवप्रवर्तन, र नेतृत्व विकास सम्बन्धी च्याप्टरले सञ्चालन गरेका पहलहरूलाई सभामा प्रस्तुत गरिएको थियो । कार्यक्रमकी प्रमुख अतिथि पूर्व शिक्षा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ थिइन् ।
साधारणसभामा निवर्तमान अध्यक्ष नितु श्रेष्ठले आफ्नो कार्यकालभर सदस्य तथा कार्यकारी टोलीले देखाएको समर्पण र सहयोगप्रति आभार प्रकट गर्नुभयो र आगामी नेतृत्वलाई सफलताको शुभकामना दिएकी थिइन्। नव-नियुक्त अध्यक्ष एल्भिस रञ्जितले आगामी वर्षको लागि आफ्नो दृष्टिकोण प्रस्तुत गरे। उनले सहकार्य, प्रभावमुखी कार्यक्रमहरू, र युवा उद्यमीहरूलाई निरन्तर सहयोग दिने प्रतिबद्धता व्यक्त गरे । उनले च्याप्टरलाई नयाँ उचाइमा पुऱ्याउने उत्साह र प्रतिबद्धता जाहेर गरे।
यस्तो छ २०२५/२६ कार्यकालको नयाँ कार्यकारी समिति
एल्भिस रञ्जित- अध्यक्ष
नितु श्रेष्ठ – निवर्तमान अध्यक्ष
अनुकुल श्रेष्ठ -प्रथम उपाध्यक्ष
प्रकिरण श्रेष्ठ -दोस्रो उपाध्यक्ष
निशान ढकाल – कार्यकारिणी सदस्य
अशाङ्क एसजेबी राणा – कार्यकारिणी सदस्य
सबिल खान – कार्यकारिणी सदस्य
आशिष भण्डारी – कार्यकारिणी सदस्य
रिटेज श्रेष्ठ -कार्यकारिणी सदस्य
श्रद्धा कटुवाल – कार्यकारिणी सदस्य
अनिश रौनियार कार्यकारिणी सदस्य
कुशल जोशी – कार्यकारिणी सदस्य
अभिषेक शारडा – कार्यकारिणी सदस्य
पालिजा मानन्धर – च्याप्टर संयोजक












