Wednesday, June 24, 2026
spot_img

आर्थिक कूटनीतिमा मानार्थ वाणिज्यदूतहरु सक्रिय एजेन्टका रूपमा कार्यरत छन्ः ढकाल

spot_img
spot_img

मानार्थ वाणिज्यदूत संघ–नेपाल (एचसीसी–एन) का निवर्तमान डीन चन्द्र प्रसाद ढकालले नेपालको आर्थिक कूटनीतिमा मानार्थ वाणिज्यदूतहरू सक्रिय एजेन्टका रूपमा कार्यरत रहेको बताएका छन् ।

एचसीसी–एनको १८औँ साधारणसभा तथा चार्टर डेको अवसरमा बोल्दै ढकालले मानार्थ वाणिज्यदूतहरू सम्बन्धित देशका लागि औपचारिक प्रतिनिधि मात्रै नभई नेपालको कूटनीति र विकासमा सक्रिय, सक्षम र प्रतिवद्ध साझेदार भएको बताएका हुन् ।

उनले आर्थिक कूटनीति आजको विश्वमा विकल्प नभई आवश्यकता बनेको उल्लेख गर्दै नेपालले अब राष्ट्रिय हितलाई ध्यानमा राखेर मानार्थ वाणिज्यदूतहरुमार्फत आर्थिक कुटनीतिलाई बढाउनुपर्ने पनि बताएका छन् । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकालले नेपालका मानार्थ वाणिज्यदूतहरूलाई “आर्थिक रूपान्तरणका लागि स्वयंसेवक दूत”को रूपमा क्रियाशील रहन आह्वान पनि गरे ।

कार्यक्रममा उनले विदेश मन्त्रालयसँगको सहकार्यमा नेपालमा पहिलोपटक आर्थिक शिखर सम्मेलन गर्ने तयारी भइरहेको जानकारी पनि दिए । साथै, चन्द्रगिरिमा परराष्ट्र मन्त्रालयसँग गरिएको कार्यशालाको स्मरण गर्दै विदेशी लगानी, नवप्रवर्तन, व्यापार, पर्यटन र डायस्पोरा संलग्नता प्रवर्द्धनमा वाणिज्यदूतहरूको योगदान महत्वपूर्ण रहने बताए।

कार्यक्रममा परराष्ट्रमन्त्री डा. आर्ज राणा देउवाले मानार्थ वाणिज्यदूतहरूले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको सेतुको रूपमा काम गरिरहेको भन्दै व्यापार, पर्यटन र लगानी प्रवाहमा मानार्थ वाणिज्यदूतहरुले निर्वाह गरिरहेको भूमीकाको प्रशंसा गरिन् ।

समारोहमा ढकालले बुल्गेरियाका मानार्थ वाणिज्यदूत भोला विक्रम थापालाई डीनको जिम्मेवारी हस्तान्तरण गरेका थिए । कार्यक्रममा सरकारी अधिकारी, कूटनीतिज्ञ तथा वाणिज्यदूत समुदायका सदस्यहरूको उपस्थिति थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img