Wednesday, June 24, 2026
spot_img

गत वर्ष १८ खर्ब बढीको सामान आयात: ब्यापार घाटा १५ खर्ब बढी, ८१ प्रतिशतले बढ्यो निर्यात

spot_img
spot_img

आर्थिक वर्ष २०८१/८२  मा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आयात १३.२५ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०८०/८१ मा नेपालले कुल १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात गरेको थियो ।

आयातसंगै नेपालको निर्यात पनि बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यात ८१.८० प्रतिशतले बढेको हो ।  आर्थिक वर्ष २०८१/८२ मा नेपालले २ खर्ब ७७ अर्ब रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ ।  अघिल्लो आर्थिक वर्षमा यस्तो निर्यात १ खर्ब ५२ अर्ब रुपैयाँको भएको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा नेपालले २० खर्ब ८१ अर्ब १५ करोडको  वैदेशिक व्यापार गरेको छ। अघिल्लो आवको तुलनामा यो १९.२४ प्रतिशत बढी हो । अघिल्लो आवमा नेपालको वैदेशिक व्यापार १७ खर्ब ४५ अर्ब ३६ करोड रहेको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा नेपालको ब्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो आवको तुलनामा ६ प्रतिशत बढी हो । अघिल्लो आवमा १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ व्यापार घाटा रहेको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img