Thursday, May 7, 2026
spot_img
spot_img

उद्यम व्यवसायको क्षेत्रसहित श्रम बजार पनि औपचारिक हुनुपर्छः अध्यक्ष ढकाल

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यम व्यवसायको क्षेत्रसहित श्रम बजार पनि औपचारिक हुनुपर्ने बताएका छन् । औपचारिकीकरणको प्रगति र महत्वबारे जानकारी दिन आयोजित छलफल कार्यक्रममा अध्यक्ष ढकालले उद्यम व्यवसायको क्षेत्र औपचारिक हुनुपर्छ भन्ने कुरा केवल छलफलको विषय मात्रै नभएर आवश्यक विषय भएको बताएका हुन् ।

‘उद्योग व्यवसायको क्षेत्र अब औपचारिक हुनुपर्छ भन्ने कुरा केवल छलफलको विषय मात्रै होइन, यो आवश्यकताको विषय हो’ उनले भने, ‘सँगसँगै यी क्षेत्रमा श्रमको पनि औपचारिकीकरण हुनु आवश्यक छ । महासंघले यसका लागि एड्भोकेसी पनि गर्दै आएको छ ।’

उनले अनौपचारिक क्षेत्रलाई औपचारिक प्रणालीमा नल्याएसम्म उत्पादकत्व, रोजगारी र राजस्व नबढ्ने पनि बताए । तर, औपचारिक प्रणालीभित्रै रहेर चलिरहेका उद्यम तथा व्यवसायलाई बढी ‘रेगुलेट’ गर्न खोज्ने परिपाटीमा पनि सुधार आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ छ ।

‘अनौपचारिक प्रणालीमा रहेर कारोबार हुँदै आएका उद्यम तथा व्यवसाय रेगुलेटमा पर्दैनन्, यीनलाई लाई फेसिलेटेड गरेर औपचारिक प्रणालीमा ल्याउनुपर्ने आवश्यकता छ’ उनले भने, ‘तर, औपचारिक प्रणालीभित्रै रहेका उद्यम व्यवसायलाई बढी रेगुलेट गर्न खोजिन्छ । यसमा पनि ध्यान दिनुपर्ने आवश्यकता छ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज बिहीबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...

स्थानीयलाई बेनी हाइड्रोको आईपीओ: केहीले २१० कित्तासम्म पाउँदा ११४५ जना हात खाली

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको...

मातृभूमि लघुवित्तको सीइओमा बखत बहादुर बटाला नियुक्त

मातृभूमि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा बखत बहादुर बटाला नियुक्त...

बागमती प्रदेशमा आज सार्वजनिक विदा

बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न...

प्रधानन्यायाधीश सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै

आज बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै छ।  सर्वोच्च अदालतको...
spot_img