Thursday, May 7, 2026
spot_img
spot_img

निर्यातको बाटोमा नेपाली टायल्स: ४ वर्षमै कसरी सम्भव भयो साढे १० अर्बको आयात प्रतिस्थापन ?

spot_img
spot_img

आज भन्दा ४ वर्ष अगाडीसम्म नेपाल टायल्समा भारतसँग पूर्ण रुपमा निर्भर थियो । नेपालमा आयात हुने वार्षिक १२ अर्बको टायल्समध्ये भारतबाट मात्रै ९५ प्रतिशत हिस्सा आउँथ्यो ।

तर, अहिले अवस्था फेरिएको छ, नेपाल टायल्समा आत्मनिर्भर बनेको छ । यद्यपी, अझै पनि कुल मागको ३० प्रतिशत हाराहारी टायल्स भारतबाट आयात भइरहेको छ ।

लामिनार टायल्सका अध्यक्ष सुब्रत धितालका अनुसार पछिल्लो ३ वर्षयता ६ वटा टायल्स उद्योग सञ्चालनमा आएका छन् । यी उद्योगहरुले नेपाली बजारको माग भन्दा बढी टायल्स उत्पादन गर्ने क्षमता राख्ने उनको भनाइ छ । सँगसँगै, भारतमा जुन गुणस्तरको टायल्स उत्पादन हुन्छ, नेपालमा पनि सोही गुणस्तरको टायल्स उत्पादन हुने धितालको दाबी छ ।

‘आयात मात्रै घटेको छैन, विश्वस्तरीय गुणस्तर कायम गरेर हामीले टायल उत्पादन गरिरहेका छौँ’ धिताल भन्छन्, ‘अब टायलको नेपाल गुणस्तर पनि बन्दैछ, यसपछि अहिले भइरहेको आयात पनि क्रमश: घट्दै जाने विश्वास लिएका छौँ ।’

रोजगारीमा उल्लेख्य योगदान
भारतीय बजारमा एक नम्बर ब्राण्ड मानिने कजरिया टायल्सको उत्पादन अहिले नेपालमै हुन्छ । कजरिया रमेश टायल्स लिमिटेडले कजरियाको उत्पादन नेपालमै सुरु गरेको हो । यसका सञ्चालक हिमान्सु अग्रवालका अनुसार एउटा टायल उद्योगले ३ सय बढी रोजगारी सिर्जना गर्छ । यस आधारमा ६ वटा उद्योगले २ हजार हाराहारीलाई रोजगारी दिएको छ ।

‘एउटा उद्योगमा थोरैमा पनि ३ सय कर्मचारी चाहिन्छ, हाम्रो उद्योगमा चाहिँ ४ सय जना जति काम गर्नुहुन्छ’, उनले भने, ‘टायल्स उद्योग नेपालमा नयाँ उद्योग भएकाले यसका लागि प्राविधिक जनशक्ति बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ । भारतीय र चिनियाँ प्राविधिक जनशक्ति छन्, उनीहरुबाट नेपाली दाजुभाइ दिदीबहिनीहरुले तालिम पनि पाइरहेका छन् ।’

उनले आगामी ३ वर्ष जतिमा टायल्स उद्योगका लागि प्राविधिक जनशक्ति पनि स्वदेशमै तयार हुने विश्वास व्यक्त गरेका छन् ।

मूल्य पनि सस्तो
कजरिया टायल्सले नेपालमै उत्पादन गर्न थालेपछि आयातको तुलनामा मूल्य पनि घटाएको छ । कजरिया रमेश टायल्सका निर्देशक अग्रवालका अनुसार विगतमा आयात गरेर बिक्री गर्दाको तुलनामा अहिले प्रति वर्गमिटर २२ देखि २५ प्रतिशतसम्म मूल्य पनि घटेको छ ।

अब पूर्ण रुपमा स्वदेशी खनिज र अन्य कच्चा पदार्थको प्रयोग बढाउँदै लैजाने र उत्पादन लागत कम हुँदै जाँदा अझै मूल्य घट्ने उनको भनाइ छ । यसका लागि आफूहरुसहित अन्य उद्योगले पनि अधिकतम् स्वदेशी कच्चा पदार्थ प्रयोग गर्न कच्चा पदार्थहरुको परीक्षण गरिरहेको अग्रवाल बताउँछन् ।

निर्यातको थालनी
लामिनार टायल्सका अध्यक्ष सुब्रत धितालका अनुसार कोभिड अगाडीसम्म नेपालमा वार्षिक १२ अर्बको टायल्स कारोबार हुन्थ्यो । अहिले भौतिक निर्माणको काम केही सुस्त हुँदा माग घटेको छ । तर, विगतमा जुन मूल्यको आयात हुन्थ्यो, त्यो अहिले ६० प्रतिशतभन्दा बढीले घटेको उद्योगीहरुको दाबी छ ।

अब नेपाली टायल्स उद्योगहरुले आफ्ना उत्पादनमा नेपाल गुणस्तर चिन्ह लिन थालेपछि आयातको हिस्सा घट्दै जाने र निर्यातको समेत सम्भावना बढ्ने उद्योगी धितालको भनाइ छ । सँगै, उद्योगी अग्रवालले भने कजरियाले केही मात्रामा भारतीय बजारमा टायल्सको निकासी नै सुरु गरिसकेको समेत बताएका छन् ।

‘कजरिया भारतमा निर्यात हुन थालेको छ, हिजो भारतबाटै आयात हुने टायल्स यहाँ उत्पादन गरेर भारतमै पठाउन पाउँदा मलाई गर्व लागेको छ’ उनले भने, ‘अहिले ठूलो परिमाणमा गएको छैन, ३०/४० हजार स्क्वायर मिटर निर्यात भएको छ । यो क्रमश: बढ्दै जान्छ । हामीले भारतीय स्ट्याण्डर्ड (बीआईएस)का लागि आवेदन पनि दिएका छौँ ।’

यस आधारमा, वार्षिक १२ अर्बको आयात घटेर अहिले डेढ अर्ब हाराहारीमा सिमित भएको छ । अर्थात्, ३ वर्षको अवधिमा नेपालका उद्योगहरुले वार्षिक साढे १० अर्बको आयात रोक्न सफल भएका छन् । सँगै, निकासीमार्फत पनि मुद्रा आर्जन हुन थालेपछि उद्योगीहरु हौसिएका छन् ।

‘३ वर्ष अगाडी नेपोभिटले उद्योग लगाएर नेपालमै उत्पादन सुरु गर्‍यो, त्यसपछि उद्योगहरु आउने क्रम बढ्यो, अहिले निर्यातको चरणमा पुगिसकेको छ’ अग्रवाल थप्छन्, ‘अब छिटो भन्दा छिटो नेपाल स्ट्याण्डर्ड लागू हुनुपर्छ । यसपछि क्वालिटीका हिसाबले पनि हाम्रो उत्पादन थप विश्वसनीय हुन्छ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...

अध्यक्ष अन्जन श्रेष्ठको कार्यकालमा महासंघले ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम कार्यान्वयन गर्ने

नेपाल उद्योग वाणिज्य महासंघले ‘छ स्तम्भ, साठी पहल’ कार्यक्रम...

आईपीओ निष्काशनको तयारीमा रहेको छायाँदेवी कम्प्लेक्स भत्काउन माग

सम्पदा संरक्षण नेपालका अभियानकर्मीले काठमाडौँको ठमेलमा रहेको छायाँदेवी कम्प्लेक्स...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि दुई महिना थप

अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कार्यकारी बोर्डले नेपालका लागि...
spot_img