सर्वजनिक विदा भए पनि अस्पतालहरुले आइतबार पनि OPD सेवा उपलब्ध गराउनु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाइराख्नको लागि आइतबार पनि OPD सेवा उपलब्ध गराउन अस्पतालहरुलाई भनेको हो।
जस अनुसार अस्पतालहरूले आइतवारको हकमा आफ्नो Workload र जनशक्ति हेरेर OPD सेवा उपलब्ध गराउने व्यवस्था गर्नु पर्ने छ। यस व्यवस्थाको लागू गर्दा कर्मचारीहरूलाई हप्तामा शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन विदा दिने व्यवस्था गर्ने र विदा दिन नसक्ने अवस्थामा सट्टा बिदा उपलब्ध गराउने व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
प्रादेशिक अस्पतालहरूमा समेत सोहि बमोजिमको व्यवस्था मिलाउन सातै प्रदेशका स्वास्थ्य विषय हेर्ने मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।













