Monday, August 24, 2026
spot_img
spot_img

विदेश जानका लागि अब सरकारी अस्पतालबाटै स्वास्थ्य परीक्षण

spot_img

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकले सरकारी अस्पतालबाटै स्वास्थ्य परीक्षण गराउन सक्ने व्यवस्था मिलाउने भएको छ । यसअघि निश्चित स्वास्थ्य संस्थामा मात्रै स्वास्थ्य परीक्षण गराउनुपर्ने गरी अघोषित रुपमा कायम गरिएको सिण्डिकेट हटाउँदै मन्त्रालयले नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन सक्ने व्यवस्था मिलाउन लागेको हो ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैदेशिक रोजगारी ऐन, २०६४ र नियमावली, २०६४ मा भएको व्यवस्था अनुसार विदेश जान चाहने श्रमिकले विदेश जानुअघि स्वीकृत स्वास्थ्य संस्थाबाट परीक्षण गराउनुपर्ने प्रावधान छ । यो व्यवस्था अनुसार मन्त्रालयले स्वास्थ्य परीक्षणका लागि थप सरकारी तथा स्वीकृत अस्पताललाई अनुमति दिने प्रक्रिया अघि बढाएको हो ।

अब इच्छुक स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड पूरा गरी सूचीकृत हुन सक्नेछन् । स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधिअनुसार नयाँ स्वास्थ्य संस्थालाई पनि प्रक्रिया पूरा गरेर सूचीकृत गरिने मन्त्रालयले जनाएको छ ।

यसअघि मलेसिया र खाडी मुलुकमा जानका लागि श्रमिकहरुले सीमित स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउनुपर्ने बाध्यता थियो । यसरी सिमित स्वास्थ्य संस्थामा मात्रै स्वास्थ्य परीक्षण गराउनुपर्दा श्रमिकहरु प्रतिव्यक्ति ४ हजारदेखि ६ हजारसम्म तिनुपर्ने बाध्यता थियो । अब भने यो बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

आक्रामक मूल्यमा नेपाल प्रवेश गर्‍यो ‘दीपल नेभो क्यूओ५’

चिनियाँ अटोमोबाइल ब्रान्ड चांगानको उत्पादन ‘दीपल नेभो क्यूो५’ नेपालमा...

आज पनि महँगियो सुन, कति पुग्यो भाउ ?

आज सोमबार पनि पनि सुनको भाउ बढेको छ ।...

सानिमा ग्रोथ फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा

सानिमा क्यापिटलले संचालन गरेको सानिमा ग्रोथ फण्ड र लक्ष्मी...

प्रभु क्यापिटलको दुई वटा म्युचुअल फण्डले १२ प्रतिशत लाभांश दिने

प्रभु क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए)...

जब एशियाका ४ देशमा एकसाथ ‘ब्ल्याकआउट’ भयो

अगस्ट १४, २०२६ को दिउँसो मध्य एसियाका चार देश—काजाकिस्तान,...
spot_img