Thursday, July 9, 2026
spot_img

ब्रजेश्वरीको ‘न्यानो’ र ‘टेण्डर टच’ डायपर पुन: भारतमा निर्यात सुरु, पायो BIS प्रमाणपत्र

spot_img

नेपालको हाइजिन तथा शिशु डायपर निर्माता कम्पनी ब्रजेश्वरी इन्डस्ट्रीज प्रा. लि. ले भारतीय मानक ब्यूरो BIS को प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै ब्रजेश्वरी इन्डस्ट्रीज यो उपलब्धि हासिल गर्ने पहिलो नेपाली बेबी हाइजिन निर्माता कम्पनी बनेको छ ।

ब्रजेश्वरी समूहका अध्यक्ष एस.पी. ढकाल द्वारा २०१९ मा स्थापना गरिएको यस कम्पनीले नेपालमा बेबी हाइजिन उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याएको छ। सुरुवातमा करिब ६० करोड रुपैयाँको लगानीबाट सुरु भएको यस कम्पनीले निरन्तर आधुनिक प्रविधि, उच्च गुणस्तरका कच्चा पदार्थ र विश्वस्तरीय उत्पादन विधिमा लगानी गर्दै आएको छ ।

‘न्यानो’ र ‘टेण्डर टच’ ब्रान्डमार्फत ब्रजेश्वरी इन्डस्ट्रीज नेपाली बजारमा विश्वासिलो शिशु डायपर र हाइजिन उत्पादनहरूको रूपमा स्थापित भएको छ । कम्पनीले सन् २०२३ र २०२४ मा नेपालबाट शिशु डायपर निर्यातमा सबैभन्दा ठूलो योगदान पुयाएको भनेर पनि सम्मान प्राप्त गरिएको छ ।

यद्यपि, भारत सरकारले आयातित बेबी हाइजिन उत्पादनमा BIS प्रमाणपत्र अनिवार्य गरेपछि विगत ६ महिनादेखि निर्यात प्रक्रिया रोकिएको थियो । BIS का कडा मापदण्ड र उच्च अस्वीकृति दर हुँदाहुँदै पनि ब्रजेश्वरीले ती सबै प्रक्रिया छिटो र प्रभावकारी रूपमा पार गरी प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो।

“कडा परीक्षण र सम्पूर्ण नियम पालना गरिसके पछि हामीले BIS प्रमाणपत्र प्राप्त गरेका छौं भन्ने कुरामा हामी गौरवान्वित छौं । यो हाम्रो कम्पनीका लागि मात्र नभई सम्पूर्ण नेपाली उत्पादन उद्योगका लागि नयाँ अध्याय हो,” अध्यक्ष ढकालले भने ।

अब BIS प्रमाणपत्र प्राप्त भएपछि ब्रजेश्वरी इन्डस्ट्रीजले आगामी वर्ष भारतमा आफ्नो निर्यात ५० करोड रुपैयाँ भन्दा बढीले वृद्धि गर्ने अपेक्षा गरिएको छ।

कम्पनी रामग्राम, परासीमा अवस्थित रहेकोले भारतीय आयातकर्ताहरूका लागि भौगोलिक रूपमा निकै लाभदायक छ, किनभने यो स्थान उत्तर प्रदेशको प्रमुख सीमा सहर सुनौलीबाट मात्र १२ किलोमिटर टाढा पर्छ। नेपाल-भारत व्यापार सन्धिअनुसार भारत निर्यात गरिने नेपाली डायपरमा कुनै भन्सार लाग्दैन, जसले दुवै पक्षका लागि लागत कम गर्न मद्दत गर्छ ।

हाल १०० भन्दा बढी दक्ष जनशक्ति रोजगारीमा संलग्न रहेको कम्पनीले बढ्दो मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता थप विस्तार गर्ने योजना बनाएको छ। साथै, ब्रजेश्वरी इन्डस्ट्रीजले भारतीय कम्पनीहरूलाई सस्तो र गुणस्तरीय OEM तथा ठेक्का उत्पादन सेवा प्रदान गर्न समेत स्वागत गरेको छ ।

ब्रजेश्वरी इन्डस्ट्रीजले नेपाली गुणस्तरलाई विश्व बजारमा पुऱ्याउने लक्ष्यसहित गुणस्तर, नवप्रवर्तन र हाइजिनमा नयाँ स्तर कायम गर्न तत्पर रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेप्सेमा पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पोखरा फाइनान्स लिमिटेड र समृद्धि...

सरकारले संसदलाई जानकारी गरायो आफ्नो १०० दिनको उपलब्धी

सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमा सुशासन, प्रशासनिक सुधार,...

निर्माण व्यवसायीसँग प्रधानमन्त्रीले गरे छलफल, व्यवहारिक समस्या समाधानको प्रतिवद्दता

प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको...

२२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु

सेती खोला हाइड्रोपावर लिमिटेडले कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण...

१२ वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो

सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी...

सबै जलविद्युत आयोजनाको लाइसेन्स अवधि ५० वर्ष पुर्याउनुपर्छ

-संजीव न्यौपाने ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले हालै जलाशययुक्त जलविद्युत्...
spot_img