Wednesday, June 24, 2026
spot_img

३० प्रतिशतले बढ्यो युनिभर्सल पावरको खुदनाफा

spot_img
spot_img

युनिभर्सल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिको कम्पनीको खुद नाफा ३०.४ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले ७ करोड ४८ लाख १९ हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ५ करोड ७३ लाख ६६ हजार थियो।

यस अवधिमा कम्पनीको कुल आम्दानी १२ करोड १ लाखबाट बढेर १२ करोड ५० लाख पुगेको छ। कम्पनीको ब्याज खर्ज भने ४ करोड १४ लाखबाट घटेर २ करोड ६४ लाख कायम भएको छ । ब्याज खर्च घटेको कारण कम्पनीको आम्दानी खासै नबढेपनि नाफा भने ३० प्रतिशतले बढेको देखिन्छ ।

यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी १३.१३ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १०९.७१ रुपैयाँ रहेको छ। २ अर्ब २७ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा २२ करोड १३ लाख रुपैयाँ रहेको छ।

कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिकाको वडा नं. ६ मा ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्दै आई रहेको छ । कम्पनीबाट लगानी गरिएको राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन लिमिटेड द्वारा प्रर्वधित (रुकुम गाढ जलविद्युत आयोजना-५ (मेगावाट) आयोजनाको निर्माण सम्पन्न गरी विद्युतको व्यापारीक उत्पादन शुरु भईसकेको छ। कम्पनीबाट लगानी गरिएको माथिल्लो इङ्खु खोला जलविद्युत आयोजना (२४.२२ मे.वा) को नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता प्रकृयामा रहेको छ र साथै विद्युत विकास विभागसँग विधुत उत्पादन अनुमति पत्रको प्रकृयामा रहेको कम्पनीले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img