सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा ११३ प्रतिशतले बढेको छ।
पहिलो त्रैमासमा कम्पनीले ११ करोड २५ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै त्रैमासमा कम्पनीको खुद नाफा ५ करोड २८ लाख मात्रै थियो ।
यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी भने २६ करोड ३५ लाख रहेको छ। त्यस्तै कम्पनीले अन्य आम्दानी शिर्षकमा २२ लाख आम्दानी गरेको छ। विद्युत बिक्रीको आम्दानी नबढे पनि कम्पनीको ब्याज खर्च घटेकोले नाफामा सुधार आएको देखिन्छ ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३.८८ रुपैयाँ, तथा प्रति शेयर नेटवर्थ १०२.२१ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुंजी २ अर्ब ९० करोड छ भने शेयर प्रिमियममा २५ करोड ११ लाख रुपैयाँ रहेको छ।












