अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीले १८ करोड १७ लाख खुद नाफा कमाएको छ । अघिल्लो त्रैमासको यसै अवधिमा कम्पनी ४० लाख ४९ हजार रुपैयाँ घाटामा थियो ।
पहिलो त्रैमासमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ८१.५३ प्रतिशतले बढेर ४७ करोड ५२ लाख पुगेको छ। यस अवधिमा कम्पनीको संचालन मुनाफा १५८ प्रतिशतले बढेर ३९ करोड ४४ लाख पुगेको छ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ११२ रुपैयाँ ६५ पैसा रहेको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७८ करोड रहेको छ ।












