सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको असोज ८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आ.व. २०८० / ०८१ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि लागि आवश्यक नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि साधारणसभामा लैजाने भएको छ । यद्यपि हकप्रद अनुपात भने कम्पनीको संचालक समितिले पछि तोक्ने छ ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। कम्पनीले कार्तिक ५ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १८ देखि कार्तिक ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज १७ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ. व. २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
२. लेखापरीक्षकद्वारा प्रस्तुत आ.व. २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरि पारित गर्ने सम्वन्धमा ।
३. आ.व. २०८१/०८२ को लागी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा |
४. प्रस्तावित बोनस शेयरको कर प्रयोजनको लागि नगद लाभांश रु ५५, २६,३१६/- ( पचपन्न लाख छब्बिस हजार तीन सय सोह्र मात्र ) स्वीकृत गर्ने सम्बन्धमा ।
विशेष प्रस्तावहरु
१. सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम कम्पनीको चुक्ता पूँजी रु.२,१०,००,००,०००/- को ५% को दरले रु.१०,५०,००,०००/- (दश करोड पचास लाख मात्र) बराबरको १०,५०,०००/- (दश लाख पचास हजार) कित्ता बोनस शेयर वितरण गर्ने सम्बन्धमा।
२. पूँजी बृद्धि गर्ने र कम्पनीको प्रबन्धपत्रको दफा ६ (क) र (ख) संशोधन सम्बन्धी निम्न बमोजिमको विशेष प्रस्ताव सम्बन्धमा ।
(क) दफा ६(क): कम्पनीको अधिकृत पूँजी रु.२,२०,५०,००,०००/- (दुई अर्ब बीस करोड पचास लाख) हुनेछ । सो पूँजीलाई प्रति शेयर रु. १००।- का दरले २,२०,५०,०००/- (दुई करोड बीस लाख पचास हजार) थान साधारण शेयरमा विभाजन गरिएको छ ।
(ख) दफा ६ (ख): कम्पनीको तत्काल जारी गर्ने पूँजी रु.२,२०,५०,००,०००/- (दुई अर्ब बीस करोड पचास लाख) हुनेछ । सो पूँजीलाई प्रति शेयर रु. १००। -का दरले २,२०,५०,०००/- (दुई करोड बीस लाख पचास हजार) थान साधारण शेयरमा विभाजन गरिएको छ ।
३. कम्पनीले ताप्लेजुङ जिल्ला स्थित निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न संचित मुनाफा, कर्जा तथा हकप्रद शेयर जारी गर्ने र उक्त प्रयोजनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
४. कम्पनीको नियम २७ (२), संचालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको संख्यामा संसोधन गर्ने बारे।
५. उपरोक्त वमोजिम पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतीको लागि पेश हुँदा नियमनकारी निकायबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्य समेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।









