Saturday, July 18, 2026
spot_img

नेपालमा ५०० मेगावाट सोलार उर्जा उत्पादन गर्न गोल्यान ग्रुप र भारतीय कम्पनीबीच साझेदारी

spot_img

नेपालमा ५०० मेगावाट भन्दा बढि सोलार उर्जा उत्पादन गर्नको लागि गोल्यान ग्रुपले भारतीय कम्पनीसँग सम्झौता गरेको छ । गोल्यान ग्रुपले भारतको अहमदाबादस्थित प्रोज़ील ग्रीन एनर्जी लिमिटेडसँग सम्झौता गरेको हो।

यस सम्झौतामा सम्झौतामा प्रोज़ील ग्रीन एनर्जीका निर्देशक शोभित राई र गोल्यान पावरका निर्देशक अक्षय गोल्यानले हस्ताक्षर गरेका छन्। दुवै संस्थाका प्रमुख कार्यकारीहरूको उपस्थितिमा काठमाडौँ मै यो सम्झौता भएको हो।

सम्झौता अनुसार भारतको हरित ऊर्जा क्षेत्रमा अग्रणी कम्पनी  प्रोज़ील ग्रीन एनर्जी र नेपालको प्रमुख कर्पोरेट समूह गोल्यान पावर लिमिटेडले नेपालमा सौर्य उर्जा उत्पादन गर्नको लागि संयुक्त कम्पनी स्थापना हुनेछ ।  संयुक्त कम्पनीको नाम प्रोज़ील ग्रीन एनर्जी नेपाल हुनेछ र यस संयुक्त कम्पनीमा प्रोज़ील ग्रीन एनर्जीको ६० प्रतिशत र गोल्यान समूहको ४० प्रतिशत लगानी हिस्सा हुनेछ। १८ महिना भित्र नेपालका विभिन्न स्थानमा ५०० मेगावाट बढीको सोलार आयोजना  निर्माण सुरु गरिने सम्झौतामा उल्लेख छ ।

संयुक्त कम्पनीले विभिन्न संरचनाको छतमा र र भूमि-माउन्टेड फोटोभोल्टाइक (PV) सौर्य प्लान्टहरू विकास गर्नेछ। यी परियोजनाबाट उत्पादित ऊर्जा नेपाल विद्युत प्राधिकरण  र विभिन्न व्यावसायिक र औद्योगिक उपभोक्ताहरूसँग बेचिने सम्झौतामा उल्लेख छ।

सम्झौताअनुसार प्रोज़ील ग्रीन एनर्जीले इञ्जिनियरिङ, खरिद र निर्माण (EPC) को नेतृत्व गर्नेछ भने गोल्यान समूहले व्यवसाय विकास,  जग्गा अधिग्रहण र वित्तमा ध्यान केन्द्रित गर्नेछ।

नेपाल विद्युत प्राधिकरणका अनुसार हाल नेपालमा १६ वटा सोलार आयोजनाबाट विद्युत उत्पादन भईरहेको छ। जस मध्ये गोल्यान ग्रुप अन्तर्गतको पियोर इनर्जीले १० मेगावाटको दुई वटा आयोजना संचालन गरिरहेको छ।

गोल्यान ग्रुप ५४ मेगावाटको लोअर अप्सुवा, १३५ मेगावाटको नम्लान खोला, ४६ मेगावाटको अपर बलेफी, र ३०६ मेगावाटको अपर मुगु कर्णाली जलविद्युत आयोजनामा पनि संलग्न छ ।

नेपालमा सोलार आयोजनाको अवस्था 

नेपालमा उत्पादित बिजुलीमा सोलारको योगदान ३.२८ प्रतिशत मात्रै छ। आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्मको तथ्यांक अनुसार नेपालको विद्युत जडित क्षमता २ हजार ४ सय ९५ मेगावाट पुगेको छ । जस मध्ये सोलारको योगदान ८१.९४ मेगावाट रहेको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार हाल नेपालमा १६ वटा सोलार आयोजनाबाट विद्युत उत्पादन भईरहेको छ। जस मध्ये पियोर इनर्जीले १० मेगावाटको दुई वटा आयोजना संचालन गरिरहेको छ। त्यस्तै इको पावर डेभलपमेन्ट लिमिटेडले पनि १० मेगावाटको आयोजना संचालन गरिरहेको छ। अपि पावर कम्पनीले ३ वटा सोलार आयोजना संचालन गरिरहेको छ। अपि पावर कुल ६ मेगावाट क्षमताको सोलार उर्जा आयोजना संचालन गरिरहेको छ।

हेर्नुस् नेपालमा हाल संचालित सोलार आयोजना 

हाल नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्रि सम्झौता सम्पन्न भएर ५१.७० मेगावाटका सोलार आयोजना निर्माणाधीन छन् । वितीय व्यवस्थापन सम्पन्न भई  ६ वटा सोलार आयोजना निर्माणाधीन छन्, जुन सम्पन्न भए पश्चात ५१.५७ मेगावाट सोलार उर्जा उत्पादन हुने छ।

नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्रि सम्झौता सम्पन्न भएका तर वित्तीय व्यवस्थापन नभएका ७१.५० मेगावाट सोलार आयोजना पाईपलाइनमा छन् । यस अन्तर्गत ८ वटा सोलार आयोजना छन्, जुन वित्तीय व्यवस्थापन भएपछि निर्माण चरणमा जाने छन् ।

हाल निर्माण सम्पन्न भईसकेका, निर्माणाधीन अवस्थामा रहेका र वित्तीय व्यवस्थापनको पर्खाइमा रहेका सबै आयोजना जोड्दा नेपालको सौर्य उर्जा क्षमता २०० मेगावाट नाघ्ने छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

इन्धन र बिजुलीमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले...

महासंघको रोजगारदाता परिषदले पूर्णता पायो, बाबुकाजी कार्की बने उपसभापति

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा...

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...
spot_img