सुपर माइ हाइड्रोपावर लिमिटेड आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गर्ने दोस्रो सूचीकृत कम्पनी बनेको छ। सुपर माइ हाइड्रोको भदौ १७ गते साँझ बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५.६३ प्रतिशत नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।
हाल कम्पनीको चुक्ता पुँजी ५० करोड रहेको छ ।