अपि पावर आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गर्ने पहिलो सूचीकृत कम्पनी बनेको छ। अपि पावरको आज भदौ ७ गते अपरान्ह बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४७३७ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।
हाल कम्पनीको चुक्ता पुँजी ५७८.६५ करोड रहेको छ ।









