Friday, May 23, 2025
spot_img

लेखा समितिमा कुलमानप्रति उद्योगीको आक्रोशः प्रमाण देउ, महशुल तिर्छौँ

spot_img

संसदको सार्वजनिक लेखा समितिमा उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि आक्रोश पोखेका छन् । डेडिकेटेड ट्रंक लाइनको विवादबारे छलफल गर्न बोलाइएको लेखा समितिको बैठकमा बैठकमा सहभागी उद्योगीहरुले प्रमाण नै नदिई महशुल बक्यौता देखाउने र लाइन काट्ने काम हुनु दुःखद भएको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले प्राधिकरणले आफूहरुले विद्युत उपयोग गरेको प्रमाण दिए महशुल तिर्न तयार रहेको बताए । उनले विद्युत उपयोग नै नगरेका आफूहरुमाथि अनेकौँ लान्छना लगाउने काम भएको भन्दै यदि उद्योगीहरुले डेडिकेटेड वा ट्रंक लाइनमार्फत विद्युत लिएको भए त्यसको प्रमाण पेश गर्न कुलमानलाई चुनौति दिए ।

‘प्रमाण दिनुस् सबै महशुल तिर्न तयार छौँ, प्राधिकरणसँग टीओडी मिटरको प्रमाण छ । कानुनमै रेकर्ड राख्ने भनिएको छ । तर प्राधिकरणले लुकायो,’ मुरारकाले बैठकमा भने ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले पनि बिजुली प्रयोग गरेपछि त्यसबापतको महशुल तिर्ने प्रावधान भएअनुसार आफूहरुले नियमित रुपमा महशुल तिर्दै आएको तर, प्रयोग नै नगरेको बिजुलीको महशुल माग गर्दै प्राधिकरणले हैरानी दिने काम गरेको भन्दै आपत्ति जनाए ।

‘प्रावधान अनुसार भएको छैन, प्राधिकरणले ७ पटक निर्णय गरेको भनिएको छ । प्रयोग नै गरेको छैन । अनि निर्णय गर्न पाइन्छ ? दूध को दूध पानीको पानी हुन पर्‍यो’ थापाले भने ।

बैठकमा उद्योगीहरुले प्राधिकरणले ग्राहकलाई जानकारी माग गर्दा नदिएर लापरबाही गरिरहेको देखि हचुवाको भरमा बिल पठाएको समेत गुनासो गरेका छन् ।

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img