Friday, July 3, 2026
spot_img

नेशनल हाइड्रोपावरको एक करोड बढी रकम जफत गर्ने तयारीमा विभाग

spot_img
spot_img

विद्युत विकास विभागले नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको १ करोड बढी रकम जफत गर्ने तयारी गरेको छ। विभागले कम्पनीसँग डेभलपमेन्ट सेक्युरिटी वापतको बैंक ग्यारेण्टी राखिएको रकम जफत गर्ने तयारी गरेको हो ।

विभागले बैंक ग्यारेण्टी वापतको १ करोड ६ लाख ४८ हजार ४ सय २८ रुपैयाँ जफत नगर्नु पर्ने कुनै कारण भए ७ दिन भित्र विभाग समक्ष स्पष्टीकरण पेश गर्न कम्पनीलाई चैत्र १० गते पत्र पठाएको थियो । स्पष्टीकरण चित्तो बुझ्दो नभए विभागले सो रकम जफत गर्ने छ ।

कम्पनीले तल्लो ईन्द्रावती जलविद्युत आयोजना समय मै निर्माण सम्पन्न गर्न नसकेपछि विभागले रकम जफत गर्ने प्रक्रिया अघि बढाएको हो । विभागका अनुसार  कम्पनीले पाएको तल्लो ईन्द्रावती जलविद्युत आयोजनाको विद्युत उत्पादनको अनुमतिपत्र (वि.वि.वि.०७९/८०, वि. उ. ४०१ ) को शर्त (ङ- ३) मा आयोजनाको व्यापारिक उत्पादन शुरु गर्नु पर्ने मिति (RCOD) पछिल्लो पटक थपिएको म्याद सहित २०८२ कार्तिक २८ थियो। अर्थात् कम्पनीले गत कार्तिक २८ गते भित्र आयोजनाबाट विद्युत उत्पादन गरिसक्नु पर्ने थियो।

तर सो समय भित्र  आयोजनाको व्यापारिक उत्पादन (COD) नभएको हुँदा  विभागको नाममा  बैंकबाट जारी भएको Development Security बापतको Bank Guarantee रकम विभागले जफत गर्न लागेको हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्थानीय तहको संख्या ब्यापक घटाउने सरकारको तयारी, यस्तो बन्यो मापदण्ड

२०७२ सालमा जारी भएको संविधान र त्यस यता कार्यान्वयनमा...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै

आयल निगममा वार्षिक वितरण हुँदै आएको करोडौको ओभरटाइम भत्ता...

नेपाल मर्चेन्ट बैंकर्स संघ र सेबोन अध्यक्षबीच पुँजी बजारका प्राथमिकताबारे छलफल

नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र...

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता तथा...

सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक पारित

‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३...

जुनमा भित्रिए ९१ हजार विदेशी पर्यटक

सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी...
spot_img