Friday, July 3, 2026
spot_img

प्राधिकरण प्राविधिक र प्रणालीगत सुधारमा केन्द्रित हुँदा बिजुलीको विश्वसनीयतामा वृद्धि

spot_img
spot_img

विद्युत् ट्रिपिङको संख्या र रोकावटको समय गत आर्थिक वर्षको तुलनामा उल्लेख्य मात्रामा घटेको छ।

नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा सबै प्रदेश र केन्द्रमा छिनछिनमा विद्युत् जाने (ट्रिपिङ) को संख्या र रोकावटको समय उल्लेख्य मात्रामा घटेको देखाएको छ।

प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणसँगै प्राविधिक समस्या देखिएका ठाउँमा तत्काल गरिएको सुधारलगायतका कारण ट्रिपिङको समस्या गतवर्षको तुलनामा उल्लेख्य मात्रामा घटेको प्राधिकरणको भनाइ छ।

‘आर्थिक वर्ष २०८१/८२ को आर्थिक वर्ष २०८२/८३ को तुलनामा प्रत्येक महिनामा विद्युत्को ट्रिपिङको संख्या र रोकावटको समय दुवै घटेको तथ्यांकले नै देखाउँछ,’ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने, ‘तथ्यांकले नै बिजुलीको विश्वसनीयता उल्लेख्य वृद्धि भएको देखाउँछ।’

उनले विद्युत्को ट्रिपिङको संख्या र रोकावटको समय दुवै घट्दा त्यसले विद्युत् ग्राहकलाई प्रशस्त राहत भएको उल्लेख गरे। ‘एक वर्षअघि जति ट्रिपिङ हुन्थ्यो त्यसमा यो वर्ष उल्लेख्य सुधार भएको छ भन्ने तथ्य तथ्यांकले नै देखाउँछ,’ शाक्ले भने, ‘प्राधिकरणले पछिल्लो समय प्राविधिक सुधार, प्रणालीगत सुधार, दक्ष जनशक्तिलाई तालिमसहित मर्मत सुधारमा अहोरात्र खटाएर गरेको व्यवस्थापनलगायतको परिणाम हो, यो।’

उनले ट्रिपिङ बढी हुने सबस्टेसनको पहिचान गरी सुधार गर्ने, त्यहाँको लोड अन्त सार्नेलगायतका काममा प्राधिकरण निरन्तर खटिरहेको जानकारी दिए।

ट्रिपिङको संख्या र रोकावटको समय दुवै उल्लेख्य रुपमा घट्दा पनि विद्युत ग्राहकले विगत बिर्सिएर खासै महसुस गर्न नसकेका हुन् कि भन्दै प्राधिकरणले यस्ता सकारात्मक कुरा सञ्चारको माध्ययमबाट ग्राहकसम्म पुग्ने हो भने त्यसले सकारात्मक सन्देश दिने पनि आशा गरेको छ। शाक्यले भनेजस्तै प्राधिकरणको तथ्यांकअनुसार पनि ०८१/०८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा सातवटै प्रदेश र केन्द्रमा पनि ट्रिपिङ उल्लेख्य रुपमा घट्दै गएको देखाएको छ।

विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष हरेक महिना ट्रिपिङको संख्या र रोकावटको समयमा सुधार हुँदै आएको देखिएको छ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को साउनमा १ सय २९ पल्ट ट्रिपिङ भएको देखाएको छ। उक्त महिना ट्रिपिङका कारण ५९ घन्टा विद्युत अवरोध भएको थियो। आर्थिक वर्ष २०८२/८३ को त्यही महिनामा १ सय १५ पल्ट ट्रिपिङ भएको देखाएको छ। ट्रिपिङका कारण ४४ घन्टा विद्युत् अवरोध भएको देखाएको छ।

आर्थिक वर्ष २०८१/८२ को भदौमा १ सय २८ पल्ट ट्रिपिङ भएको देखाएको छ। ट्रिपिङका कारण ६४ घण्टा विद्युत अवरोध भएको देखाएको छ।

आर्थिक वर्ष २०८२/८३ को भदौमा १ सय १५ पल्ट ट्रिपिङ भएको देखाएको छ। ट्रिपिङका कारण ४१ घण्टा विद्युत अवरोध भएको देखाएको छ। त्यसैगरी आर्थिक वर्ष २०८१/८२ को असोजमा १ सय १२ पल्ट ट्रिपिङ भएको देखाएको छ। ट्रिपिङका कारण ६१ घन्टा विद्युत् अवरोध भएको देखाएको छ। आर्थिक वर्ष २०८२/८३ को असोजमा ९८ पल्ट ट्रिपिङ भएको देखाएको छ। ट्रिपिङका कारण सो महिना ६१ घण्टा विद्युत अवरोध भएको देखाएको छ।

त्यस्तै आर्थिक वर्ष २०८१/८२ को कात्तिकमा ७१ पल्ट ट्रिपिङ भएको देखाएको छ। ट्रिपिङका कारण ३८ घन्टा विद्युत् अवरोध भएको देखाएको छ। आर्थिक वर्ष ०८२/८३ को त्यहि महिनामा ५९ पल्ट ट्रिपिङ भएको देखाएको छ। ट्रिपिङका कारण सो महिना ३१ घण्टा विद्युत अवरोध भएको देखाएको छ ।आर्थिक वर्ष २०८१/८२ को मंसिरमा ६८ पल्ट ट्रिपिङ भएको देखाएको छ।

ट्रिपिङका कारण ३२ घन्टा विद्युत अवरोध भएको देखाएको छ। आर्थिक वर्ष २०८२/८३ को मंसिरमा ३२ पल्ट ट्रिपिङ भएको देखाएको छ। ट्रिपिङका कारण सो महिना १४ घण्टा मात्रै विद्युत अवरोध भएको देखाएको छ।

आर्थिक वर्ष २०८१/८२ पुसमा ५९ पल्ट ट्रिपिङ भएको देखाएको छ। ट्रिपिङका कारण २८ घन्टा विद्युत अवरोध भएको देखाएको छ। आर्थिक वर्ष २०८२/८३ को पुसमा ५० पल्ट ट्रिपिङ भएको देखाएको छ। ट्रिपिङका कारण सो महिना १३ घन्टा मात्रै विद्युत अवरोध भएको देखाएको छ।

आर्थिक वर्ष २०८१/८२ को माघमा ५४ पल्ट ट्रिपिङ भएको देखाएको छ। ट्रिपिङका कारण २७ घन्टा विद्युत अवरोध भएको देखाएको छ। आर्थिक वर्ष २०८२/८३ को माघमा ४४ पल्ट ट्रिपिङ भएको देखाएको छ। ट्रिपिङका कारण सो महिना १२ घन्टा मात्रै विद्युत अवरोध भएको देखाएको छ।

त्यसैगरी आर्थिक वर्ष २०८१/८२ को फागुनमा ६६ पल्ट ट्रिपिङ भएको देखाएको छ । ट्रिपिङका कारण ३२ घन्टा विद्युत अवरोध भएको देखाएको छ।

आर्थिक वर्ष २०८२/८३ को फागुनमा ४७ पल्ट ट्रिपिङ भएको देखाएको छ। ट्रिपिङका कारण सो महिना १२ घन्टा मात्रै विद्युत् अवरोध भएको देखाएको छ। साउनदेखि फागुनसम्मको अवधिलाई हेर्दा २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा ट्रिपिङ उल्लेख्य मात्रामा घटेको प्राधिकरणको तथ्यांकले देखाएको छ। सात वटै प्रदेशको तथ्यांकलाई हेर्दा पनि यही अवस्था देखिन्छ।

चैत, वैशाख, जेठ र असारमा भने ट्रिपिङको समस्या अन्य महिनाको तुलनामा बढी हुने भन्दै प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ को तुलनामा यो आर्थिक वर्षमा ती महिनामा पनि ट्रिपिङ घट्नेमा आशावादी रहेको बताएको छ।

आर्थिक वर्ष २०८१/८२ को चैतमा ८६, वैशाखमा १ सय ९, जेठमा १ सय ५०, र असारमा १ सय ५३ पटक ट्रिपिङ हुँदा क्रमशः ४२, ५७, ८४ र ६५ घन्टा अवरोध भएको थियो। प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन चालिएका सकारात्मक कदमका कारण यो संभव भएको बताएको छ।

प्राधिकरणले गत आर्थिक वर्षको वैशाख, जेठ र असारमा हावाहुरी र पानीका कारण ट्रिपिङको समस्या बढेको भन्दै यो वर्ष पनि त्यही कारणले बढ्न सक्ने तर, यी महिनामा पनि अघिल्लो वर्षको तुलनामा कम गर्ने तयारीमा रहेको जानकारी दिएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

माउण्ट एभरेष्ट पावरको आईपीओ आज बाँडफाँड हुँदै

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

स्थानीय तहको संख्या ब्यापक घटाउने सरकारको तयारी, यस्तो बन्यो मापदण्ड

२०७२ सालमा जारी भएको संविधान र त्यस यता कार्यान्वयनमा...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै

आयल निगममा वार्षिक वितरण हुँदै आएको करोडौको ओभरटाइम भत्ता...

नेपाल मर्चेन्ट बैंकर्स संघ र सेबोन अध्यक्षबीच पुँजी बजारका प्राथमिकताबारे छलफल

नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र...

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता तथा...

सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक पारित

‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३...
spot_img