३७ मेगावाट क्षमताको तेजो थोगाम जलविद्युत आयोजनाले सेलेशा इन्जिनियरिङ कन्सल्टेन्सी प्राइभेट लिमिटेडलाई परामर्शदर्ता नियुक्त गरेको छ । आयोजना निर्माण गर्ने प्रबर्दक कम्पनी स्नोफल हाइड्रोपावर प्राइभेट लिमिटेड र सेलेशा इन्जिनियरिङ कन्सल्टेन्सी प्राइभेट लिमिटेडबीच यस सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार सेलेशा इन्जिनियरिङ कन्सल्टेन्सीले आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन (डीएफएस), विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने र आयोजना कार्यान्वयनका लागि आवश्यक बोलपत्र दस्तावेज तयार गर्ने काम गर्नेछ ।
सम्झौतापत्रमा स्नोफल हाइड्रोपावर प्राइभेट लिमिटेडका अध्यक्ष प्रकाश दुलाल र सेलेशा इन्जिनियरिङ कन्सल्टेन्सी प्राइभेट लिमिटेड (सेकन) का अध्यक्ष सशी शर्मा भण्डारीले हस्ताक्षर गरेका छन्।












