Thursday, December 4, 2025
spot_img

बूढीगण्डकी आयोजनाको काम छिटो अघि बढाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री कार्की

spot_img

प्रधानमन्त्री सुशीला कार्कीले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो अघि बढाउन सरकार लागिपरेको बताएकी छिन् । बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी स्थापना भइसकेको र उक्त पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त करवापतको रकम प्रत्येक वर्ष खातामा जाने व्यवस्थाका लागि आवश्यक प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

यससम्बन्धी प्रक्रिया छिटो अघि बढाउन उनले ऊर्जा र अर्थ मन्त्रालयलाई निर्देशन पनि दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसै विषयमा प्रधानमन्त्री कार्कीले बुधबार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत आयोजना प्रभावित क्षेत्र गोरखा र धादिङका केही पूर्वजनप्रनिधिहरू तथा स्थानीय सरोकारवालासँग छलफल गरेकी छिन्। त्यसक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले बूढीगण्डकी आयोजना अघि बढाउन सरकारले देखाएको तत्परताप्रति खुसी व्यक्त गर्दै यसलाई केवल विद्युत् आयोजनामा मात्र सीमित नगरी बहुउद्देश्यीय आयोजनामा विकास गर्न छुट्टै प्राधिकरण गठनका लागि सुझाव दिएका थिए। छलफलमा अर्थमन्त्री रामेश्वर खनाल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अन्य अधिकारीहरूको सहभागिता थियो ।

एक हजार २०० मेगावाटको यस जलविद्युत् आयोजनाको लागत २०७९ मा दुई खर्ब ५५ अर्ब अनुमान गरिएको थियो । अब यो लागत चार खर्ब नाघ्ने अनुमान छ । नेपाल सरकारले जग्गा अधिग्रहण गरी रु ४२ अर्ब स्थानीय जग्गाधनीलाई मुआब्जा दिइसकेको छ ।  आयोजना निर्माण सम्पन्न गर्न कम्तीमा आठ वर्ष लाग्ने आंकलन छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भिजन लुम्बिनीको साधारणसभा आह्वान: आईपीओ निष्काशन गर्ने प्रस्ताव, १० प्रतिशत लाभांश दिने

भिजन लुम्बिनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस...

अब नेपालमा १०० रुपैयाँभन्दा माथिका भारतीय नोट पनि चल्ने, २५ हजारको लिमिट

अब नेपालमा १०० रुपैयाँभन्दा माथिका भारतीय नोट पनि चल्ने...

सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै, कुलमानले गरे निरीक्षण

सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेली...

धुर्मुस–सुन्तलीले पैसा तिर्न नसकेपछि फेरि उठ्यो ‘उधारो असुली कानून’को बहस, बन्यो मस्यौदा

बजारबाट उधारो बापतको पैसा नउठेकै कारण उद्यमी प्रेम प्रसाद...

यस पटकको हिउँदमा वर्षा कम हुने, अधिकतम र न्यूनतम तापक्रम बढ्ने

यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा...

 सिटिजन्स बैंकले लगातार दोस्रो वर्ष पायो बैंक अफ द ईयर अवार्ड 

सिटिजन्स बैंकले विश्वकै प्रतिष्ठित बैंक अफ द ईयर २०२५...
spot_img
spot_img