Monday, July 6, 2026
spot_img

लक्ष्मी पूजा लगत्तै प्राधिकरणले उद्योगको लाइन काट्न थाल्यो

spot_img

नेपाल विद्युत प्राधिकरणले यसवर्ष तिहारको लक्ष्मी पूजा सकिए लगत्तै उद्योगमा बिजुलीको लाइन काट्न थालेको छ । सोमबार लक्ष्मी पूजा मनाउन दिएर मंगलबार बिहानैबाट प्राधिकरणले उद्योगको लाइन काट्न थालेको हो ।

डेडिकेटेड÷ट्रंक लाइनको विवादित विद्युत महशुल तिर्नका लागि कार्तिक २ गते सम्मको समय दिएको प्राधिकरणले बक्यौता तिर्न नआएका उद्योगहरुको लाइन काट्न थालिएको जनाएको छ । जस अनुसार हालसम्म ६ वटा उद्योगको लाइन काटिएको छ ।

प्राधिकरणका अनुसार घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टील र त्रिवेणी स्पिनिङ, रिलायन्स स्पिनिङ मिल्स र शिवम सिमेन्टको बिजुलीको लाइन काटिएको छ । बढी बक्यौता बाँकी रहेका उद्योगहरुको लाइन काट्नै जाने नीति अनुसार अरु उद्योगको पनि लाइन क्रमशः काटिने प्राधिकरणले जनाएको छ ।

उद्योगीहरुले प्राधिकरणले विद्युत खपत गरेको प्रमाण स्वरुप टीओडी मिटरको डाटा दिएमा आफूहरु महशुल तिर्न तयार रहेको जनाएका छन् । तर, प्राधिकरणले प्रमाण भने दिन सकेको छैन । प्राधिकरणले प्रमाण नदिएका कारण उद्योगीहरु प्राधिकरणले भने अनुसारको महशुल तिर्न तयार देखिएका छैनन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

डिजिटल एड प्लेटफर्म “एड्सारो नेपाल” सार्वजनिक, विज्ञापन बजारको क्लियरिङ हाउस बन्ने लक्ष्य

नेपालको आफ्नै डिजिटल विज्ञापन प्लेटफर्म “एड्सारो नेपाल” को औपचारिक...

CNIYEF द्वारा नेपालको अटोमोटिभ उद्योगको अवस्थाबारे उच्चस्तरीय ‘सीईओ फोरम’ सम्पन्न

नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा...

नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईंले...

सुनचाँदीको भाउमा गिरावट

आज सोमबार सुनको भाउमा गिरावट आएको छ । आइतबार...

माउन्ट एभरेष्ट पावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल...

निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी मौद्रिक नीति आउनुपर्छः अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको...
spot_img