Monday, July 6, 2026
spot_img

लक्ष्मी पूजाको दिन विद्युतको ‘पिक डिमाण्ड’ १ हजार ६५० मेगावाट

spot_img

तिहारको लक्ष्मी पूजाको दिन देशभरमा कुल १ हजार ६५० मेगावाट विद्युत खपत भएको छ । लक्ष्मी पूजाको दिन विद्युतको उच्च माग (पिक डिमाण्ड) १ हजार ६५० मेगावाट रेकर्ड गरिएको विद्युत प्राधिकरणले जनाएको छ ।

लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः५० बजे पिक डिमाण्ड १ हजार ६५० मेगावाट रेकर्ड गरिएको हो ।

गत वर्ष कार्तिक १६ गते लक्ष्मी पूजाको दिन पिक डिमाण्ड १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको थियो । गतवर्ष भन्दा यसवर्ष लक्ष्मी पूजाको दिन पिक डिमाण्ड ४८ मेगावाटले बढेको हो ।

देशभित्रको विद्युत् मागलाई पूरा गरी बढी भएको १ हजार १५ मेगावाट विद्युत भारततर्फ निर्यात गरिएको पनि प्राधिकरणले जनाएको छ ।

लक्ष्मी पूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्‌को माग २ हजार ६६५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष लक्ष्मी पूजाको दिन प्रणालीको पिक डिमाण्ड १ हजार ८५५ मेगावाट थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

डिजिटल एड प्लेटफर्म “एड्सारो नेपाल” सार्वजनिक, विज्ञापन बजारको क्लियरिङ हाउस बन्ने लक्ष्य

नेपालको आफ्नै डिजिटल विज्ञापन प्लेटफर्म “एड्सारो नेपाल” को औपचारिक...

CNIYEF द्वारा नेपालको अटोमोटिभ उद्योगको अवस्थाबारे उच्चस्तरीय ‘सीईओ फोरम’ सम्पन्न

नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा...

नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईंले...

सुनचाँदीको भाउमा गिरावट

आज सोमबार सुनको भाउमा गिरावट आएको छ । आइतबार...

माउन्ट एभरेष्ट पावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल...

निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी मौद्रिक नीति आउनुपर्छः अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको...
spot_img