बुटवल पावर इनर्जीले काबेली इनर्जी लिमिटेडमा रहेको सम्पूर्ण शेयर बिक्री गर्ने भएको छ। बुटवल पावरले काबेली इनर्जी लिमिटेडमा रहेको सम्पूर्ण शेयर अरुण काबेली पावर लिमिटेडलाई बिक्री गर्ने भएको हो।
बुटवल पावरले यस समबन्धि प्रस्ताव पारित गर्न कार्तिक २१ गते विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि कार्तिक १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
त्यस्तै कम्पनीको सभामा हिमाल पावर लिमिटेडको बहुमत शेयर खरिद गर्ने प्रस्ताव पनि पेश हुने छ। कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले हिमाल पावरको बहुमत शेयर खरिद गर्ने निर्णय गरेको थियो।
हिमाल पावरको कुल १ करोड ७६ लाख ४१ हजार ४ सय ३९ कित्ता शेयर मध्ये बुटवल पावरले Statkraft Holding Singapore Pte. Ltd., Singapore को नाममा रहेको १ करोड ६८ हजार १ सय ७६ कित्ता शेयर र Eviny AS, Norway को नाममा रहेको ४५ लाख ९४ हजार ६ सय ११ कित्ता शेयर खरिद गर्ने निर्णय गरेको हो । हिमाल पावर लि. ले हाल ६० मे.वा.को खिम्ती प्रथम जलविद्युत आयोजना संचालन गरिरहेको छ ।









