मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले सिन्धुपाल्चोक जिल्लामा निर्माण गरेको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन सुरु भएको छ। कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग गरेको विद्युत खरीद बिक्री सम्झौता (Power Purchase Agreement – PPA) बमोजिम व्यापारीक उत्पादन शुरु मिति (Commercial Operation Date – COD) कायम भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नेपाल विद्युत प्राधिकरण र कम्पनीका पदाधिकारी सम्मिलित समन्वय समितिको (Coordination Committee) मिति २०८२।०६।२९ गते अपरान्ह ५:३० बजेको निर्णयानुसार आयोजनाको व्यापारिक उत्पादन शुरु मिति (COD) २०८२ साल आश्विन २० गते (October 6, 2025) मध्यान्ह १२:०० बजे देखि लागू हुनेगरी कायम गरिएको छ।









