Tuesday, August 18, 2026
spot_img

अर्गा भगवती भेन्चर्सले १० मेगावाटको सोलार आयोजना बनाउन पायो अनुमति

spot_img

अर्गा भगवती भेन्चर्स प्रालिले १० मेगावाट क्षमताको अर्गा सौर्य विद्युत आयोजना निर्माण गर्न उत्पादन अनुमति पाएको छ। विद्युत विकास विभागले भदौ ४ गते कम्पनीलाई अर्घाखाँचीमा १० मेगावाट क्षमताको अर्गा सौर्य विद्युत आयोजना निर्माण गर्ने अनुमति प्रदान गरेको हो। कम्पनीले २५ वर्ष अवधिको लाइसेन्स पाएको हो ।

अब कम्पनीले  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा सो आयोजना निर्माण गर्ने छ।  अर्गा सौर्य विद्युत आयोजनाको जडित क्षमता १० मेगावाट हुनेछ र यस आयोजनाबाट वार्षिक सरदर १९.९५ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । आयोजनाको मुख्य संरचनाहरु लुम्बिनी प्रदेशको अर्गाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको वडा नं ३ मा करिब १२ हेक्टर जग्गामा प्रस्ताव गरिएको छ ।

आयोजनाका सोलार फोटोभोल्टाइक प्यानलहरुबाट DC विद्युत निकाली सो लाई ५०० किलोवाट क्षमताका २० वटा स्ट्रींङ इन्भर्टर मार्फत १० मे.वा. विद्युत उत्पादन गरिनेछ । यसरी उत्पादित विद्युतलाई ३३ के.भी. प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको अर्गा सब-स्टेशनमा जोडिने छ । यो आयोजना २०८३ असोज भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।

यस कम्पनीको अध्यक्ष कुशल थापा हुन् भने प्रबन्धक संचालक गोपाल घिमिरे हुन् । आयोजनाको संचालक तथा प्रोजेक्ट म्यानेजर इन्जिनियर रोशन शाह हुन् ।

कम्पनीले  संस्थागत परामर्श सेवा लिनको लागि कुमारी क्यापिटलसँग सम्झौता गरिसकेको छ । कम्पनीले निकट भविष्यमा आईपीओ निष्काशन गर्ने लक्ष्य लिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img