Wednesday, July 8, 2026
spot_img

१०६ मेगावाटको जगदुल्ला आयोजना बनाउन ठेक्का सम्झौता, ५४ महिनामा सक्ने लक्ष्य

spot_img

एक सय ६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनाको ठेक्का सम्झौता भएको छ । यो आयोजना विद्युत् उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) को सहायक कम्पनी जगदुल्ला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको हो ।

 जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड र चाइना जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कम्पनी, चीन तथा नेपालको एएनके कन्स्ट्रक्सन कम्पनी प्रा.लि. बीच संयुक्त उद्यम (JCE–ANK JV) को रूपमा लट नं. २ – सिभिल र हाइड्रो-मेकानिकल कार्यहरूको लागि सम्झौता सम्पन्न भएको हो। यो आयोजनाको निर्माण अवधि ५४ महिनाको लागि निर्धारित गरिएको छ।

 मूल्य अभिवृद्धि कर (भ्याट) सहित १३ अर्ब ७३ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।  संयुक्त उद्यमले अनुमानित बजेटभन्दा ९.६% कम मूल्यमा बोली प्रस्ताव गरेको छ, जसले करिब १.२८ अर्ब नेपाली रूपैयाँको लागत बचत गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाले जानकारी दिए।

गत वर्ष, नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (PPA) सम्पन्न भएको थियो। नबिल बैंकको नेतृत्वमा, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL), कर्मचारी सञ्चय कोष, लक्ष्मी सनराइज बैंक र एभरेस्ट बैंकले क्रमशः ४.४० अर्ब, ४ अर्ब, २ अर्ब र १.५० अर्ब नेपाली रूपैयाँको ऋण लगानी गर्ने सम्झौता भएको छ।

सीइओ सापकोटाका अनुसार यो आयोजनाले स्थानीय समुदायहरूमा सामाजिक र सांस्कृतिक सद्भाव प्रवर्द्धन गर्नुका साथै आर्थिक वृद्धिलाई टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। आयोजनाअन्तर्गत सडक र पुलहरूको निर्माणले यातायात सम्पर्कलाई उल्लेखनीय रूपमा सुधार गर्नेछ, जसले डोल्पाका प्रचुर प्राकृतिक स्रोतहरू, जस्तै औषधीय जडीबुटी, खाद्यान्न र फलफूलहरूको बजारिकरण र वितरणलाई सहज बनाउनेछ। साथै, रोजगारी सिर्जना पहल, कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमहरू र अन्य सामुदायिक उन्मुख गतिविधिहरूको कार्यान्वयनले क्षेत्रको जीवनस्तर उकास्न र समग्र सामाजिक-आर्थिक विकासमा योगदान पुर्‍याउने सीइओ सापकोटाले बताए।

कस्तो हो आयोजना ?

यो आयोजना कर्णाली प्रदेशको डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा प्रस्ताव गरिएको छ। यो आयोजनाको सर्वेक्षण क्षेत्र २९००३ १६ देखि २९००७५३” उत्तर (अक्षांश) र ८२°२९’००” देखि ८२०३८००” पूर्व ( देशान्तर) बीच अवस्थित छ ।

प्रस्तावित आयोजनाको मुख्य बाँध आकस्मिक स्पिल्वे प्रकारको, नदीको पिंधको स्तरबाट २३ मिटर अग्लो हुनेछ। प्रस्तावित आयोजनाको जलाशयको सतहको कूल क्षेत्रफल ४८,२७६ वर्गमिटर हुनेछ। जलाशयको ब्याक्वाटर (backwater) करिब ५०० मिटर लम्बाईमा फैलिएको हुनेछ। पूर्ण आपूर्ति स्तरमा जलाशयको कूल क्षमता / आयतन ४,६५,९७० घनमिटर हुनेछ जसअन्तर्गत जलाशयको लाइभ स्टोरेज ( Live Storage) क्षमता २,६०,०७० घनमिटर र डेड स्टोरेज (Dead Storage) क्षमता २,०५,९०० घनमिटर हुनेछन् । सो स्तरमा जलाशयको सतहको कूल क्षेत्रफल ४८, २७६ वर्गमिटर हुनेछ भने जलाशयको पूर्ण आपूर्ति स्तर (FSL) समुद्री सतहबाट २,६९६ मिटर माथि, न्युनतम जलनिष्कासन स्तर (MDDL) समुद्री सतहबाट २,६९० मिटर माथि हुने गरी आयोजनाको अधिकतम् जलनिष्कासन स्तर (Maximum Drawdown) ६ मिटरको हुनेछ ।

३.८ मिटर व्यास र ६,१३५ मिटर लम्बाई भएको हेडरेस सुरुङ्गहरुमार्फत जगदुल्ला नदीको पानी विद्युतगृहमा पथान्तरण (diversion) गरि ७६७.७१४ मिटर को कुल हेड उपयोग गरेर कुल १०६ मेगावाट बिजुली उत्पादन गरिनेछ । ६१५.३२ गिगावाट घण्टा (GWh) बार्षिक औसत ऊर्जामध्ये outage (सुक्खायाममा २ प्रतिशत र वर्षायाममा ५ प्रतिशत) ले हुने कमी घटाउँदा कुल ८१.०५ गिगावाट घण्टा (GWh) बिक्री योग्य ऊर्जा उत्पादन हुनेछ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img