भारत सरकारले नेपालका विभिन्न पाँच जलविद्युत आयोजनाबाट उत्पादन भएको थप २०० मेगावाट विद्युत खरिदका लागि सहमित प्रदान गरेको छ । यस अघि अनुमति प्राप्त ८१०.९ मेगावाट र थपिएको २०० मेगावाट गरी अब कुल १ हजार १०.९ मेगावाट विद्युत भारतमा निर्यात हुन थालेको छ ।
बगलादेश निर्यातको ४० मेगावाट गरी नेपालको कुल निर्यात स्वीकृति १ हजार ५०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।
पछिल्लो पटक श्रावण २६ गते भारत सरकारबाट प्राप्त स्वीकृति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर सम्मको लागि हो । यस अन्तर्गत अब लिखु–२, लिखु खोला ए , लोअर सोलु, ठुलो खोला, सुपर कावेली खोला ए र सुपर कावेलि खोलाबाट उत्पादन भएको विद्युत भारतमा नर्यिात हुनेछ ।
आर्थिक वर्ष २०८१/०८२ मा १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत निर्यात भएकोमा भारत सरकारबाट प्राप्त भएको थप निर्यात अनुमति र आगामी दिनमा थप प्राप्त हुने स्वीकृतीले यस आर्थिक वर्ष निर्यात दोब्बर हुने अनुमान गरिएको छ ।









