Wednesday, July 8, 2026
spot_img

आयोजना मर्मतपछि माण्डु हाइड्रोले थाल्यो विद्युत उत्पादन

spot_img

माण्डु हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्धित २२ मेगावाट क्षमताको बागमती साना जलबिद्युत आयोजनाबाट विद्युत उत्पादन सुचारु भएको छ । साउन १९ गतेबाट दुई युनिट मध्ये एउटा युनिटबाट विद्युत उत्पादन सुरु भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नेपाल विद्युत प्राधिकरणको प्रतिनिधिहरुको रोहबरमा विद्युत उत्पादन सुचारु भई नेपाल विद्युत प्राधिकरणको राष्ट्रीय प्रशारण लाईनमा जडान भएको हो। आयोजनाको क्षमता २२ मेगावाटमा १० मेगावाट थप गरि कुल ३२ मेगावाट कायम गरेर  विद्युत उत्पादन अनुमतिपत्र तथा विद्युत खरिद-बिक्री सम्झौता सम्पन्न भईसकेको छ । छिट्टै पूर्ण क्षमतामा आयोजना संचालन गर्ने कम्पनीको तयारी छ ।

२०८१ आश्विन ११ गते देखी परेको अविरल बर्षाको कारण बागमती खोलामा आएको भिषण बाढी तथा पहिरोले क्षति भएर आयोजनाको प्लान्ट अवरुद्ध भई काबु बहिर परिस्थिती श्रृजना भई विद्युत उत्पादन अवरुद्ध भएको थियो । झन्डै एक वर्षपछि आयोजनाको पुःन निर्माण सम्पन्न गरि आयोजनाले विद्युत उत्पादन गरेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img